Technology

वाइफाइको गति ३ गुणाले र रेन्ज २ गुणाले बढाउन सकिने

वाइफाइको गति ३ गुणाले र रेन्ज २ गुणाले बढाउन सकिने
wifi_routerभदौ–१३ । संयुक्त राज्य अमेरिकाको एमआइटी विश्वविद्यालयले गरेको अनुसन्धानले फ्रिक्वेन्सी तथा स्पेक्ट्रोममा गति तीन गुणाले बढाउन सकिने र वाईफाईको रेन्ज पनि दुइगुणाले बढाउन सकिने देखाएको छ । उपलब्ध सिमित स्पेक्ट्रोमबाट नै नेटवर्क बुस्ट प्रविधिको सहयोगी माध्यम प्रयोग गरेर वाएरलेस सेवामा कसरी छरितो डाटा ट्रान्सफर गर्न सकिन्छ भनेर गरिएको अनुसन्धानबाट तथ्य फेला परेको हो । एमआइटीको आर्टिफिसिएल इन्टेलिजेन्स ल्याबले एउटा यस्तो सिग्नल प्रोसेसिङ सेट निर्माण गरेको छ, जसले दुईभन्दा बढी राउटर सपोर्ट गर्ने छ र त्यसले अन्य वाएरलेस विन्दु पहुँच विस्तार गर्नुका साथै बहु–प्रापकहरुलाई पनि एकैसाथ पहुँच स्थापीत गर्न सक्छ । मेगामिमो– २ नाम दिइएको अनुसन्धान पेपरका अनुसार उक्त प्राणली अनुसार मौजुदा राउटरमा तीनगुणा छिटो डाटा प्रसार हुने दाबी गरिएको छ । यस प्रणालीको व्यावसायी सेवा विस्तार भएमा इन्टरनेटको सेवाको गुणस्तरमा भारी वृद्धि हुने अपेक्षा गरिएको छ ।

Network Wifi Router Wifi Speed

विशेष