
भदौ – १३ । बलिउड स्टार अक्षयकुमार अभिनित चलचित्र ’रुस्तम’ले वल्र्डवाईड वक्सअफिसमा २ सय करोड ग्रस विजनेस पार गरेको छ । प्रदर्शनको १६ औं दिनमा फिल्मले २ सय करोडको विजनेस आँकडा पार गरेको हो ।
’रुस्तम’ले २ सय करोड १६ दिनमा ग्रस विजनेस गर्ने पहिलो फिल्मको रेकर्ड पनि राखेको छ । वलिउड वक्सअफिसमा मात्रै फिल्मले १ सय ६५ करोड ७५ लाख ग्रस विजनेस गरेको छ ।
’इएरलिफ्ट’पछि २ सय करोडको विजनेस आँकडा पार गर्ने अक्षयको यो दोश्रो फिल्म हो । फिल्मको प्रदर्शन भने जारी नै छ ।
hindi movie
Rustam