Technology

फेसबुकको पोस्ट अब ४४ भाषामा अनुवाद हुने

फेसबुकको पोस्ट अब ४४ भाषामा अनुवाद हुने
Facebook language भदौ–१३ । विश्वभरमा १ अर्ब ७० करोडभन्दा बढी व्यक्तिले प्रयोग गर्ने सामाजिक सञ्जाल फेसबुकमा ४४ भाषामा प्रयोगकर्ताको पोस्ट अनुवाद गर्ने भएको छ । फेसबुकमा अंग्रेजी भाषाको प्रयोग हुने गर्छ तर यस बाहेक विभिन्न भाषा बोल्ने प्रयोगकर्ताको संख्या अत्याधिक छ । जस कारण अन्य भाषा बोल्नेलाई पोस्ट पढ्न, बुझ्न र लेख्न समस्या हुन्छ । यही समस्याा हटाउन फेसबुकले भाषा अनुवादो सुविधा ल्याउँदै छ । कम्पनीले प्रयोगकर्तामाझ भाषाको समस्या नहोस् र सबैले सबैको कुरा बुझुन् भन्ने उद्देश्यका साथ काम गरिरहेको बताइएको छ ।

facebook language translate the language in facebook

विशेष