पाँच वर्ष पछि नासालाई ठूलो सफलता
भदौ–१३ । पाँच वर्ष अघि अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बृहस्पति ग्रहमा पठाएको उपग्रह जुनो पहिलो पटक बृहस्पति ग्रहको नजिक पुगेको छ ।
जुनो उपग्रह शनिबार वृहस्पति ग्रह भन्दा ४२ सय किलोमिटर परबाट गएको नासाले जनाएको छ । गएको जुलाई पाँचमा जुनो उपग्रहले बृहस्पति ग्रहलाई परिक्रमा गर्न सुरु गरेको थियो । शनिबार जुनो बृहस्पति ग्रहको सबैभन्दा नजिक पुगेको र यसभन्दा अघि कुनै पनि उपग्रह बृहस्पति ग्रहको यती नजिक नपुगेको वैज्ञानिकको भनाई छ ।
जुनोले खिचेका बृहस्पति ग्रहको केही नयाँ तस्बिर एक दुई दिनमा सर्वाजनिक गर्ने नासाले जनाएको छ । ति तस्बिर अहिलेसम्मकै उच्च क्षमताका रहेने नासाका वैज्ञानिकको भनाई छ । पहिलो पटक वृहस्पति ग्रहको बादलको तस्बिर जुनोले लिएको छ । जुनो नेपाली समय अनुसार शनिबार बेलुका ६ बजेर ३६ मिनेट जाँदा वृहस्पति ग्रहको सबैभन्दा नजिक पुगेको थियो ।
Jupitar
NASA