स्वास्थ्य

शरीरमा पानी कम भयो भने यस्ता समस्या देखिन सक्छन्

शरीरमा पानी कम भयो भने यस्ता समस्या देखिन सक्छन्
Woman drinking water भदौ – १३ । मानिसको शरीर ७० प्रतिशत भाग पानीले बनेको हुन्छ । रगत, माशंपेशी, हड्डी सबैमा पानी नभई हुँदैन । गर्मीको समयमा पसिना र पिसाबबाट हाम्रो शरिरको पानी अत्याधिक जाने गर्छ । विज्ञहरुका अनुसार शरिरमा पानीको मात्रा सन्तुलित रुपमा राख्न दैनिक ८ गिलास पानी पिउनुपर्छ । अथवा शरीरबाट खेर गएको मात्रा अनुसार पानी पिउनुपर्छ । शरिरको उचित कार्यका अतिरिक्त विभिन्न रोगबाट बच्न पनि पर्याप्त पानी पिउनु पर्छ । गर्मीको समयमा झन् सक्दो पानी पिउने गर्नुपर्छ र साथसाथै रसिलो फलफुलहरु खाने गर्नुपर्छ । शरीरमा पानीको अभावमा भए यसका किसिमका समस्याहरु देखा पर्न सक्छन् । १. पानी अभावमा शरिरमा डिहाइड्रेसन÷कब्जियत हुन्छ र मानिसलाई खाना अपच हुन्छ । जसकारण स्वास्थ्यसम्बन्धि अन्य समस्या निम्त्याउँन मद्धत पु¥याउँछ । २. शरिरको तापक्रम बृद्धि गर्छः शरिरलाई बाहिरको वातावरणसँग घुलमिल गराउनु पर्ने हुन्छ । त्यसैले पानीको मात्र शरीरमा कम भयो भने शरिरको तापक्रम बढ्छ । ३. शरिरमा पानीको अभाव भएमा पेटमा म्युकोसको निर्माण हुन सक्दैन जसले गर्दा पाचन पक्रियामा अशर गरी पेटमा एसिडिटी बढ्छ र अल्सर निम्त्याउँछ । ४. जोर्नीमा हुने तन्तुमा झन्डै ८० प्रतिशत पानी हुन्छ । जोर्नीमा पानीको मात्रा पर्याप्त नभएमा यसले शरिर पोल्ने र जोर्नीमा पीडा हुन्छ । ५. रगतमा निश्चित परिणाममा पानीको मात्रा हुन्छ । तसर्थ शरिरमा पानीको अभाव हुँदा रक्त चापको मात्रा घट्न जान्छ । ६. शरिरमा पानीको अभाव हुनु भनेको नुन, चिनी र खनिजको मात्रा पनि कम हुनु हो । जसले मुटुको चाल असामान्य बनाइँदिन्छ र विभिन्न समस्या उत्पन्न गरिदिन्छ । ७. शरिरमा पानीको अभाव भएमा तन्तु र कोषले पर्याप्त पानी पाउँदैनन् जसका कारण इन्जाइमले पर्याप्त उर्जा उत्पन्न गर्छ । यसले हाम्रो शरिरलाई कमजोर र आखा धमिलो बनाइदिने गर्छ ।

health for water pani pionu water problem

विशेष