देश

अस्पतालकाे लापरवाहीले सुत्केरी बेथामै महिलाको मृत्यु, स्थिति तनावग्रस्त

अस्पतालकाे लापरवाहीले सुत्केरी बेथामै महिलाको मृत्यु, स्थिति तनावग्रस्त
rapti-anchal-hospitalभदौ – १३ । राप्ती अञ्चल अस्पतालका चिकित्सकको लापरवाहीका कारण दाङमा एक महिलोको ब्याथाकै क्रममा मृत्यु भएको छ । दाङ हेकुली गाविस वडा नं. २ पदमपुरकी २७ वर्षीया विमला न्यौपाने र उनको गर्भको बच्चाको मृत्यु भएको हो । महिला र बच्चाको मृत्यु भएपछि राप्ती अञ्चल अस्पताल तुलसीपुर दाङमा तनाव उत्पन्न भएको छ । न्यौपाने र उनको गर्भको बच्चाको मृत्यु भएपछि आफन्तले अस्पतालले उपचारमा लापरवाही गरेको आरोप लगाउँदै शव बुझ्न मानेका छैनन् । आफ्नले लापरवाही गर्ने डाक्टरलाई कारवाही हुनु माग राखेका छन् । अस्पतालमा तनावको स्थिति सृजना भएपछि प्रहरी प्रशासनले अस्पताललाई सुरक्षा दिइरहेको छ । न्यौपानेका पति रोमहर्ष न्यौपानेले अस्पतालले गल्ती स्वीकार गरेर क्षतिपूर्ती उपलब्ध नगराउँदासम्म शव नवुझ्ने बताए । उनले सामान्य रुपमा अस्पताल आएकी श्रीमतिलाई छिटो ब्यथा लगाउने औषधी डोजभन्दा दुइ गुना बढि खुवाउदा मृत्यु भएको आरोप लगाए । राप्ती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. भोलाराम श्रेष्ठले भने गर्भको पानी रक्त सञ्चार प्रणालीमा गएपछि न्यौपानेको दुर्घटनावस मृत्यु भएको प्रतिक्रिया दिएका छन । यस विषयमा पीडित अस्पताल प्रशासन, र प्रहरी बीच छलफल भएको छ । आईतवार विहान ११ बजेतिर बेथा लागेपछि सामान्य अवस्थामा ल्याईएकी न्यौपानेको स्थिति राति साढे नौ बजेसम्म सामान्य नै थियो ।

Death hospital careless rapti anchal aspatal

विशेष