समाज

शिक्षिकाको तलब ३ हजार

शिक्षिकाको तलब ३ हजार

Teachhder भदौ १४ । बीस जना बालबालिकालाई दिनभर स्याहारसुसार र कखरा सिकाउनेमा व्यस्त हुन्छिन् संखुवासभा खादबारीकी धनमाया बानियाँ । रुनेलाई फकाउने, सिंगान पुछिदिनेदेखि पेन्सिल समाउन सिकाउनेमात्र नभएर कखरा पढाउनेसम्मको अभिभारा उनको छ । संखुवासभाको खाँखीभुईं आछाम्बुस्थित धर्मदेवी आधारभूत विद्यालयमा तीन वर्षयता उनी यस्तै काममा कम्मर कसेर लागेकी छिन् ।

धनमानयालेजस्तै जिल्लाका दुई सय ६८ महिला शिक्षक दैनिक एक सय ६८ रुपैयाँमा दिनभर काम गर्दै आएका छन् । यस्तो महँगीको समयमा पनि दैनिक एक सय रुपैयाँमा दिनभर बालबालिकालाई पढाउनुपर्ने बाध्यता धनमायाजस्ता महिलाको पनि छ । जिल्ला शिक्षा कार्यालयले सूचना नै जारी गरी आहृवान गरेपछि निवेदन दिएर छनोट भएका हुन् उनीहरु, तीन हजार रुपैयामा । उत्त विज्ञापनमा पुरुषहरुको आवेदन परेन । अन्नपूर्णपोष्ट

Teacher

विशेष