खेल ताजा खबर

इंग्ल्याण्ड फुटबलको कप्तानमा वायन रुनी

इंग्ल्याण्ड फुटबलको कप्तानमा वायन रुनी

भदौ १४ । वायन रुनी इंग्लायण्डको कप्तानको रुपमा निरन्तरता पाएका छन् । नयाँ प्रशिक्षक साम एलेडाइसले पनि उनलाई कप्तानको रुपमा निरन्तरता दिएका हुन् । प्रशिक्षक एलेडाइसले रुनीलाई कप्तानको जिम्मेवारी दिनु आफ्ना लागि सबै भन्दा सजिलो निर्णय रहेको बताए । इंग्ल्याण्डका सर्वा्धिक गोलकर्ता रुनीले गएको वर्ष स्टीभन जेडार्डले सन्यास लिएपछि कप्तानको जिम्मेवारी सम्हालेका थिए ।

म्यानचेस्टर युनाइटेडका कप्तान रुनीलाई टिमका साथीले सम्मान गर्ने र उनले कप्तानको जिम्मेवारी राम्रोसँग पूरा गर्दै आएको प्रशिक्षक एलेडाइसले बताए । ३० वर्षका रुनीले युरोकप २०१६ मा इंग्ल्याण्डको टिमको नेतृत्व गरेका थिए । इंग्ल्याण्ड अन्तिम १६ बाटै बाहिरिएपछि प्रशिक्षक रोय हडसनले राजीनामा दिएका थिए । जोसे मोरिन्होको प्रशिक्षणमा म्यानचेस्टर युनाइटेडमा रुनी अहिले स्ट्राइकरको पछि खेल्दै आएका छन् । इंग्ल्याण्डले विश्व कप छनौटको पहिलो खेलमा आउँदो आइतबार स्लोभाकियासँग खेल्नेछ

Bayan Runi

विशेष