छविमा के छ जादु ? छोरी उमेरकी अर्की कलिली शिल्पा बिहे गर्नै तयार भइन्
भदौ १४ ।
तपाई निर्माता छवि आझासँग विवाह गर्ने तयारीमा हुनुन्छ भन्ने हल्ला छ नी ?
अहिले चाहिँ हल्ला मात्रै हो । भविष्यमा के हुन्छ हेरौं । परिवारकै मिलेमतोमा राजीखुशी विवाह भयो भने हुन पनि सक्छ ।
यसो हेर्दा तपाईलाई छविजी मनपर्छ जस्तलो लाग्यो नी किन ?
–मलाई छविजी मन पर्छ । कामको हिसाबले र व्यक्तित्वको हिसाबले पनि मन पर्छ । उहाँ काम बुझने मान्छे हुनुहुन्छ ।
तर यति बुझ्ने हुँदा हुँदै पनि उहाँको अघिल्ला घरजम टिक्न सकेनन् नी ?
–दुवै आगोभइपछि दुवैलाई पोल्छ, एउटा पानी भयो भने शितल हुन्छ । त्यसैले त्यो उहाँहरुमा नभएर नै होला सम्बन्ध टिक्न नसकेको ।
छविजीसँग तपाईको विवाह भयो भने सम्बन्ध टिक्न सक्छ जस्तो लाग्छ ?
लाग्छ । किनकी म अह्म नै पलाउन दिन्न ।
तपाइको उमेर र छविको उमेरमा धेरै फकर छ नि ?
– उमेरले के गर्छ र ? माया हुनु पर्यो । माया भएपछि पुगिहाल् छ नि होइन र ?
(दृष्टि साप्ताहिमा प्रकाशित शिल्पा पोखरेलसँगको अन्तर्वार्ताबाट )