समाज

एयरपोर्टका साहुले नै लुट्छन् यात्रुलाई

एयरपोर्टका साहुले नै लुट्छन् यात्रुलाई

tia भदौ १४ । त्रिभुवन विमानस्थल भित्र रहेका पसलिमा बस्तुको मुल्य साढेसात गुणा बढी लिने गरेको पाइएको छ । आपूर्ति मन्त्रालययले गरेको अनुगमका क्रममा विमानस्थलभित्र खाद्य तथा पेय पदार्थमा चर्को मूल्य असुल्ने गरेको पाइएको हो । मन्त्रालयका शाखा अधिकृत श्रीरामप्रसाद भट्टको नेतृत्वमा गएको अनुगमन टोलीले अनुगमन गर्दा चर्को मूल्यमा बेचिरहेको भेट्टाएको हो ।

त्यसै गरी अनुगमनका क्रममा म्याद नाघेका सामान भेटिएका र एमआरपी मूल्य छापेर आफ्नै ट्याग लगाएर बेचेको भटिएको थियो । अनुगमनका क्रममा टोलीले २० रुपैया पर्ने पानीलाई १ सय ५० रुपैया, ४० रुपैया पर्ने लेज २ सय रुपैया, ४० र ५० पर्ने एक कप कफीको मूल्य २ सय भन्दा बढी लिइएको पाइएको छ । अनुगमन पछि मन्त्रालयले खाद्यको मूल्यसूची सहित ७ दिन भित्र आपूर्ति तथा व्यवस्थापन मन्त्रालयमा उपस्थित हुन सम्बन्धीत पसललाई निर्देशन दिइएको अनुगमन टोलीका अधिकृत श्रीरामप्रसाद भट्टले जनाए ।

TIA

विशेष