समाज

पूर्वराष्ट्रपतिको क्यान्सर उपचारः दैनिक ७५ हजार भत्तामै सकिने

पूर्वराष्ट्रपतिको क्यान्सर उपचारः दैनिक ७५ हजार भत्तामै सकिने

Rambaran

भदौ १४ । पूर्वराष्ट्रपति रामवरण यादवको अमेरिकामा हुने क्यान्सरको उपचारका क्रममा भत्तामा मात्रै दैनिक करिब ७५ हजार खर्च हुने भएको छ । पूर्वराष्ट्रपति उपचारका लागि अमेरिका जाँदैछन् । उपचार खर्च, तीन जना सहयोगीको भत्ता, टिकट आदिको प्रवन्ध सरकारले गर्ने भएको छ । पूर्वराष्ट्रपतिका साथ उनका चिकित्सक छोरा चन्द्रमोहन यादव, छोरी अनिता र एक सहयोगी अमेरिका जानेछन् ।

अमेरिका बसाईका क्रममा पूर्वराष्ट्रपति यादवले दैनिक ३ सय डलर भत्ता पाउनेछन् । बाँकी सहयोगीले दैनिक १५० डलर भत्ता पाउनेछन् । चार जनाको भत्ता मात्रै दैनिक ७५० डलर हुनेछ । यो भनेको नेपाली मुद्रा ७५ हजार भन्दा बढी हो ।  पूर्वराष्ट्रपति यादवलाई प्रोस्टेट क्यान्सर पहिलो स्टेजमा देखिएको छ । उपचारका लागि करिब ३ करोड लाग्ने अनुमान छ । सरकारले तत्काल ६० लाख रुपैयाँ पेश्की स्वरुप दिएको छ ।

अमेरिकामा हुने उपचारमा छोरा चन्द्रमोहन, छोरी अनिता एक सहयोगी पनि जानेछन् ।  यादव आफै पनि चिकित्सक हुन् । उनका एक छोरा चिकित्सक, एक छोरा इञ्जिनियर र छोरी अनिता अविवाहीत छन् । यादवको तराईमा घरबारी, खेत र काठमाडौमा पनि घर छ ।

विशेष