समाज

नारायणी नदी किनारमा ३ शब भेटियो

नारायणी नदी किनारमा ३ शब भेटियो

death-main भदौ १४ । चितवनको नारायणी नगरपालिका–२ भगडीस्थित नारायणी नदी किनारमा सोमबार दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार अन्दाजी ३०–३५ वर्षका तराई मुलका व्यक्तिको जस्ता देखिने शवको सनाखत हुन सकेको छैन । कपडामा रगत लागेको पाइएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले ति शव गएको शुक्रबार त्रिशुली नदीमा दुर्घटनाग्रस्त बसका यात्रुको हुनुसक्ने बताए।

इलाका प्रहरी कार्यालय दिव्यनगरका प्रहरी नायब निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार ति शव नारायणी नदीको दुईवटा भङ्गालोमा भेटिएका हुन् । शवमा किरा लाग्न थालेको छ । शवलाई भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । यसैबिच, सोमबारनै नवलपरासीको त्रिवेणी ब्यारेजमा अर्को एक शव पनि फेला परेको छ । त्यो शव पनि त्यही दुर्घटनामा परि बेपत्ता भएका व्यक्तिको हो होइन भन्ने यकिन नभएको प्रहरी उपरीक्षक कुँवरले बताए ।

रौतहटबाट पोखरा जाँदै गरेको रात्रि बस यही शुक्रबार नारायगढ–मुग्लिङ सडक खण्डमा दुर्घटनाग्रस्त हुँदा २२ जनाको ज्यान गएको थियो । दुर्घटनामा १६ जना घाइते भएका थिए । दुर्घटनामा परि आफन्त हराएको भन्दै १३ जनाले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।

Death

विशेष