खेल

आफ्नो ३० औं जन्मदिन मनाइरहेको खेलाडीको टाउकोमा बल लागरे बेहास, १६ सेकेण्डमै खेल रोकियो

आफ्नो ३० औं जन्मदिन मनाइरहेको खेलाडीको टाउकोमा बल लागरे बेहास, १६ सेकेण्डमै खेल रोकियो

sports भदौ १४ । बेलायतमा फुटबल खेल सुरु भएको १६ सेकेण्डमै रोकिएको छ । सोमबार राति भएको नन लिग खेलमा एक खेलाडीको टाउकोमा चोट लागेपछि १६ सेकेण्डमै रोकिएको हो । नर्विच युनाइटेड र सोहम टाउनबिचको खेलमा नर्विचका डिफेन्डर एण्डी इस्टो टाउकोमा चोट लागेपछि बेहोस भए । अर्का खेलाडीसँगको ट्याकलको क्रममा इस्टोको टाउको ठोक्किएको हो ।

इस्टो बेहोस भएलगतै खेल रोकियो । उनलाई तत्काल अस्पताल लगिएको थियो । उनको टाउकोमा गम्भीर चोट लागेको तर मष्तिस्कमा असर भने नपरेको क्लबले जनाएको छ । रेम्यान लिग डिभिजन वन नर्थको खेल दुवै क्लबका प्रशिक्षकको परामर्शमा रोकिएको हो । सोमबार रै उनको ३० औं जन्मदिन पनि थियो ।

sports

विशेष