यी पाँच काम कहिल्यै गर्नु हुँदैन जसले तपाईलाई अपमानित मात्र बनाउँछ
एजेन्सी – जीवनमा मानसम्मानको ठूलो महत्व छ । घरपरिवार र समाजमा सम्मान नपाएको व्यक्तिको जिन्दगी मरेतुल्य हुन्छ । आफ्नो मानसम्मानका लागि मानिसले प्राण पनि बलिदान दिएको उदाहरण इतिहासमा पाइन्छ । गरुढ पुराणमा यस्ता पाँच कामका बारेमा बताइएको छ जसका कारण व्यक्तिले अपमानित हुनुपर्छ । ती पाँच काम यो श्लोकमा बताइएको छ ।
[su_pullquote]दाता दरिद्र: कृपणोsर्थयुक्त: पुत्रोsविधेय: कुजनस्य सेवा। परापकारेषु नरस्य मृत्यु: प्रजायते दुश्चरितानि पञ्च।।[/su_pullquote]
अर्थात् दरिद्र भएर पनि दाता हुनु, धनी भएर पनि कञ्जूस हुनु, छोरो आज्ञाकारी नहुनु, दुष्ट मानिसको सेवा गर्नु अनि कसैको अहित गर्ने क्रममा मृत्यु हुनु यी पाँच कामले अपमान मात्र दिलाउँछन् । कुनै गरीब व्यक्तिले आफ्नो हैसियतभन्दा बढी दान दिँदा ऊ आफैं र आफ्नो परिवारलाई समस्या पर्छ । पहिला आफ्नो र आफ्नो परिवारको भरणपोषण गर्नुपर्छ अनि केही बचेछ भने बल्ल दान गर्नुपर्छ । नभए बेकारमा अपमान पाइन्छ । अंग्रेजीमा पनि च्यारिटी बिगिन्स याट होम अर्थात् दानशीलता घरबाट शुरु हुन्छ भनिएको छ । तपाईँसँग पर्याप्त धन भएरपनि कञ्जूस हुनुहुन्छ भने तपाईँलाई अपमान गरिनसक्छ । विचारपूर्वक पैसा खर्च गर्नु बुद्धिमानी हो तर पैसामा लोभ गर्नु चाहिँ मुर्ख्याइँ हो । पैसाको सही उपयोग गर्नुस्, कञ्जूस नहुनुस् किनकि कञ्जूसलाई कसैले पनि सम्मान दिँदैन । जुन व्यक्तिको छोरोले बाउआमाको कुरा मान्दैन उसलाई पनि समाजमा अपमान सहनुपर्छ । आज्ञा नमान्ने छोरो जे पायो त्यही गर्न थाल्छ अनि बाउआमाको बेइज्जत गराइदिन्छ । धृतराष्ट्रकै उदाहरण हेर्नुहोस, छोरोको मनमौजीका कारण कौरव कुल नै नष्ट भयो ।
छोरोलाई आज्ञाकारी बनाउन उसलाई बच्चैदेखि राम्रो संस्कार दिनुस् । दुष्ट वा खराब मान्छेको संगत गर्ने व्यक्तिले पनि जीवनको कुनै मोडमा पुगेर अपमानित हुनैपर्छ । खराब काम गर्ने व्यक्तिले निजी स्वार्थका बारेमा मात्र सोच्छन् र परेको बेला आफ्नो साथीलाई पनि फँसाइदिन्छन् । त्यसैले खराब मान्छेको संगतमा परी बेकारमा अपमानित होइन्छ । कसैलाई हानि पु¥याउने क्रममा तपाईँको मृत्यु भयो भने त्यो पनि अपमानको कारण बन्न जान्छ । हुन त मरेपछि डुमै राजा भन्नुहोला तर तपाईँको इज्जत मरेपछि पनि कायम रहँदा तपाईँका सन्ततिलाई गर्व गर्ने अवसर प्राप्त हुन्छ । त्यसैले कसैको नोक्सान गर्ने काम त के यसबारेमा सोच्नु पनि ठीक हुन्न ।
Donate