प्रवास समाज

भारतमा मृत्यु भएका ६ नेपालीको पहिचान खुल्यो सबै रोल्पाली

भारतमा मृत्यु भएका ६ नेपालीको पहिचान खुल्यो सबै रोल्पाली

Simala भदौ १४ । भारतको सिमलामा हिम पहिरोमा परी रोल्पाका एकै परिवारका ६ जनाको मृत्यु भएको छ । उक्त हिमपहिरोमा दिदी देउकली पुनसहित, भिनाजु र भाञ्जाभाञ्जी सबैको मृत्यु भएको हो ।

विगत १५ वर्षदेखि सपरिवार सिमलामा बस्दै आएका ४५ वर्षीय लक्षिराम पुनमगर, उनकी श्रीमती ४२ वर्षीया देउकली पुन, १२ वर्षीय छोरा कर्णबहादुर पुन, १० वर्षीया छोरी अनिता पुन, ७ वर्षीया छोरी सुनिता पुन र ५ वर्षीय छोरा काकु भनिने सुरज पुनको मृत्यु भएको हो ।

उनीहरु विगत १५ वर्ष अघिदेखि भारतको हिमाञ्चल प्रदेशमा पर्ने सिमला नजिकै रहेको बाली भन्ने गाउँमा आलु खेती गरेर जीविकोपार्जन गर्दै आएका व्यक्तिहरू रहेको खुल्न आएको छ ।

Himanchal Pradesh

विशेष