खेल

मेसीले विश्वकप छनौट खेल खेल्न नपाउने

मेसीले विश्वकप छनौट खेल खेल्न नपाउने
messi भदौ - १४ । सन्यासको निर्णय फिर्ता लिएर अर्जेन्टिनाको राष्ट्रिय टोलीमा फर्किएका स्टार खेलाडी लियोनल मेसीले चोटग्रस्त भएका छन् । मेसीमा ह्यामस्टरिङको समस्या देखिएको स्पेनिस क्लब बार्सिलोनाले पुष्टि गरेको छ । ह्यामस्टरिङको समस्याका कारण लियोनल मेसीले उरुग्वे र भनेजुएलाविरुद्धका दुबै खेल गुमाउन सक्ने सम्भावना बढेको छ । सोमबार गरिएको परिक्षणपछि मेसीमा ह्यामस्टरिङको समस्या देखिएको हो । बार्सिलोनाले एथ्लेटिको बिल्बाओमाथि १–० को जित निकाल्ने क्रममा मेसी घाइते भएका थिए। मेसीले कोपा अमेरिकाको फाइनलमा चिलीसँग अर्जेन्टिना पराजित भएपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । तर, नयाँ प्रशिक्षकका रुपमा एगार्डो बाउजा नियुक्त भएपछि मेसीलाई भेटेरै राष्ट्रिय टोलीमा फर्कन आग्रह गरेका थिए । समर्थकहरुको चौतर्फी दबाबपछि सन्यासको घोषणाको निर्णयबाट पछि हट्दै मेसी अर्जे्न्टिनाको राष्ट्रिय टोलीमा फर्किएका हुन् । शनिवार अर्जे्न्टिनाले उरुग्वेविरुद्ध पहिलो खेल खेल्दैछ । तर, त्यो खेलमा मेसी मैदान उत्रिने सम्भावना कम रहेको छ ।

Argentina Football Team football leonal messi

विशेष