खेल

साफ च्याम्पियनसिप फुटबल बंगलादेशमा हुने

साफ च्याम्पियनसिप फुटबल बंगलादेशमा हुने
saff भदौ - १४ । साफ च्याम्पियनसिप फुटबलको अर्को संस्करण बंगलादेशमा हुने भएको छ । कोलम्बोमा बसेको दक्षिण एशियाली फुटबल महासंघ (साफ) को बोर्ड बैठकले साफ च्याम्पियनसिप फुटबलको संस्करण अर्को वर्ष बंगलादेशमा गर्ने निर्णय गरेको हो । अल इन्डिया फुटबल महासंघका महासचिव कुसल दासका अनुसार बंगलादेशमा अर्को वर्ष साफ च्याम्पियनसिप फुटबल गर्ने निर्णय भएको र बाँकी विषयमा अर्को बैठकमा छलफल हुनेछ । साफ च्याम्पियनसिप फुटबलमा भारत सबैभन्दा सफल टोली हो । भारतले अहिलेसम्म सात पटक साफ फुटबलको उपाधि उचालिसकेको छ । गत जनवरीमा भारतमा भएको अघिल्लो संस्करणमा घरेलु टोली भारतले अफगानिस्तानलाई फाइनलमा २–१ गोल अन्तरले पराजित गर्दै सातौं पटक उपाधि उचालेको थियो ।

bangladesh saff champion

विशेष