मनोरञ्जन

करिनाको ‘बेबी बम्प’को चर्चा यस्तो छ

करिनाको ‘बेबी बम्प’को चर्चा यस्तो छ
kreena-kapor भदौ १४ । हलिउड र बलिउड सेलिब्रेटीहरु गर्भावस्थामा आफ्नो शरीर प्रदर्शन गर्ने होडबाजी चल्ने गरेको छ । सार्वजनिक समारोहमा उनीहरुको ‘बेबी बम्प’ निकै चर्चामा रहने गरेको छ । यस्तो शारीरिक अवस्थामा लाज मान्ने र गुपचुपमा राख्ने प्रवृति र संस्कारबाट माथि उठ्दै जीवनको महत्वपूर्ण पाटो भन्दै गर्भावस्थामा शरीर प्रदर्शन गर्ने, तस्बिर र भिडियो शेयर गर्ने र सञ्चारमाध्यम सामु बढी देखिन चाहने क्रमसँगै ‘बेबी बम्प’लाई सञ्चारमाध्यमले पनि निकै महत्व दिन थालेका छन् । हलिउड सुन्दरी किम कार्डेसन बेबी बम्पकै कारण गतवर्ष खुबै चर्चामा रहिन् । यतिखेर भने बलिउड हिरोइन करिना कपुरको बेबी बम्प चर्चामा छ । ‘ल्याक मी फेसन वीक २०१६’ बेबी बम्पकै कारण करिना कपुर खानको नाममा रह्यो । चर्चित डिजाइनरहरुले निर्माण गरेका पोशाकका निमित्त र्‍याम्प वाक गरिएको समारोहमा करिनाले भने डिजाइनर सब्यासाजीले बनाएको लेहेंगा लगाएकी थिइन् । कार्यक्रममा हिरोइनहरु दीपिका पादुकोण, विपाशा बशु, श्रद्धा कपुर, दिव्या खोसला, पर्निया कुरैशी, अनायता श्राफ, प्राची देशाइ, शिल्पा सेठठी, इलियाना डिक्रुजा, करिश्मा कपुर, पुजा हेगडे, राधिका आप्टे, सोफी चौधरी, दीया मिर्जा लगायतले आफनो जलवा देखाएका थिए । बलिउड नायक रणवीर कपुर र इमरान हास्मीले पर्नि याम्प वाक गरेका थिए ।

baby bomp India kareena kapoor

विशेष