तपाईको ओठमा कालो दाग छ भने यसरी हटाउनुहाेस्
भदौ - १४ । बाहिरी सौन्दर्यमा मुस्कानले ठूलो महत्व राख्दछ । मानिसको सोही मुस्कुराहटलाई गुलाबी ओठले थप सुन्दर बनाउँछ । सोही कारण पनि महिलाहरु गुलाबी ओठप्रति थप सजग रहने गरेको पाइन्छ ।
गुलाबी ओठलाई चन्द्रमासँग तुलना गरिने हुँदा पनि हरेक महिलाहरु गुलाबी ओठ नै चाहन्छन् । तर चाहनाले मात्र पुग्दैन । मानिस जन्मिदा उसको ओठ जति राम्रो र आकर्षक हुन्छ ऊ बढ्दै जाँदा परिवर्तन हुने व्यवहारसँगै हेरचाहमा चासो नदिदा ओठ कालो हुने गर्दछ ।
कतिपयले सुरुदेखिनै आफ्नो ओठको हेरचाह गरिरहेका हुन्छन् । तर ध्यान नपुर्याउनेहरुको ओठ विस्तारै कालो हुँदै आउँछ । यसरी ओठ कालो हुनुमा सूर्यको युवी किरण, एलर्जी, हार्मोनको असन्तुलन तथा असन्तुलित आहार प्रमूख कारण हुन् ।
त्यतिमात्र नभई धुम्रपान गर्ने व्यक्तिहरुको ओठमा विस्तारै कालो निशाना बनिरहेको हुन्छ । धुम्रपानले ओठको रंगमै परिवर्तन ल्याउने भएकाले धुम्रपान गर्ने व्यक्ति अलग्गै हो वा होइन भनेर सजिलै छुट्टाउन सकिन्छ । महिलाको कुरा गर्ने हो भने उनीहरुले आफ्नो ओठको कालोपना हटाउन लिपिस्टिकको प्रयोग गर्छन् । तर पनि प्राकृतिक रुपमै भने ओठ पुरानै अवस्थामा आइसकेको हुँदैन । यद्यपी ओठ कालो भयो भनेर चिन्ता गर्नुपर्ने भने हुँदैन ।
यसका लागि केही घरेलु उपायहरु अवलम्बन गर्न सकियो भने आफ्नो ओठको रंगलाई पूर्ववत अवस्थामै ल्याउन सकिन्छ । ओठमा आएको कालोपनालाई हटाउन निम्न उपायहरु दिइएको छ ।
दूध मलाई
ओठको कालोपना हटाउन दूधमलाईको प्रयोग सबैभन्दा उत्तम उपाय हो । यसलाई हरेक दिन सुत्नु पूर्व ओठमा लगाउदा विस्तारै कालोपनाले छोड्दै जान्छ । यसको प्रयोग गरेको एक महिनामै ओठ गुलाबी तथा मुलायम हुन्छ । दूध मलाईमा गुलाबको पातको पेष्ट मिसाएर पनि प्रयोग गर्न सकिन्छ ।
चुकन्दर
ओठलाई गुलाबी बनाउँन चुकन्दरको प्रयोग लाभदायक मानिन्छ । चुकन्दरको प्रयोग निकै सजिलो पनि छ । चुकन्दरको टुक्रालाई ओठ लगाएको आधा घन्टापछि धनु पर्छ । यसो गर्दा ओठमा प्राकृतिक चमक आउँछ ।
कागती
कागतीलाई फाइदाजनक घरेलु फलका रुपमा समेत लिने गरिन्छ । अन्य उपचारमा समेत प्रयोग गर्न सकिने कागतीलाई ओठमा पनि लगाउन सकिन्छ । कागतीमा रहेको ब्लीचिङ्ग गुणले ओठमा भएको कालोपना हटाइ निखारता ल्याउँछ । एक वा दुई महिनासम्म हरेकदिन कागतीको केही थोपा रस ओठमा लगाएर सुत्ते गरियो भने कालोपनालाई हटाउँछ ।
मह
महले छालालाई मुलायम बनाउँछ । ओठ कालो हुने कारण मध्ये ओठ सुख्खा हुनु वा फुट्नुु हो । महले ओठमा चिस्यान दिएर मुलायम बनाउछ । महमा केही थोपा कागतीको रस मिसाएर पनि प्रयोग गर्न सकिन्छ ।
ओठलाई सुन्दर राख्न ध्यानदिनुपर्ने कुराहरु हामीमध्ये धेरैको ओठ चाट्ने बानी हुनसक्छ । बारम्बार ओठलाई जिब्रोले चाट्ने वा पुच्छने गर्दा कालो दाग बस्न पुग्दछ । तसर्थ ओठ चाट्ने बानीलाई हटाउनु पर्छ । रातो रङ्गको फलफूल तथा साग सब्जीको सेवनबाट पनि ओठको टोन गुलाबी हुन्छ । यसका लागि स्याउ,चुकन्दर,स्टवेरी, टमाटर खानु राम्रो मानिन्छ ।
- ओठलाई कालो तथा रङ्गहीन बनाउँछ । त्यसैले धूम्रपान गर्नु हुँदैन ।
-क्याफिनमा रहेको पदार्थले पनि ओठ कालो बनाउँछ । त्यसलै यदि चिया तथा कफी पीउने बानी छ भने यसको सेवन कम गर्ने । - (फोटो स् एजेन्सी )
oth ko kalo ag hatauna