मनोरञ्जन

चुम्बन किन गरिन्छ ?

चुम्बन किन गरिन्छ ?
kiss भदौ – १४ । जब हामी कसैलाई चुम्बन गर्छौँ तब करीब ८ करोड ब्याक्टेरियाको आदान प्रदान हुन्छ । यस ब्याक्टेरियाले मानिसलाई नोक्सान पु-याउँछ भन्ने होइन तर पु-याउँदैन भन्न पनि सकिन्न । कोही व्यक्तिले मात्र आफ्नो पहिलो चुम्बन बिर्सेलान यति मात्र होइन त ? कसैको जीवनलाई रोमाञ्चक बनाउन चुम्बनको आफ्नै महत्व र भूमिका हुन्छ । पश्चिमी समाजमा भने चुम्बनलाई सामान्य तरिकाले हेरिन्छ । तर एक नयाँ अध्ययनले भने यो चलन सबै संस्कृतिमा उल्लेख छैन । आधा भन्दा पनि कम संस्कृतिमा चुम्बनको चलन भएको बताएका छन् । यति मात्र होइन चुम्बन गर्ने प्रवृति जनावरको दुनिया पनि दुर्लभ छ । चुम्बन गर्ने व्यवहारको चलन के हो त ? यदि यो उपयोगी नै हो भने जनावर र सबै मानिसले गर्नु पर्ने हो । सत्यता यो हो कि कतिपय प्राणीले त चुम्बन गर्दैनन् पनि । नयाँ अध्ययनमा १६८ संस्कृतिको अनुसन्धान गरिएको थियो जसमा मात्र ४६ प्रतिशत संस्कृतिमा मानिसले रोमाञ्चक क्षणमा आफ्नो साथीलाई चुम्बन गर्ने गरेको बताइएको छ । यस अध्ययनमा लिप किसको अनुसन्धान गरेको अनुसन्धानकर्ताहरुको भनाई छ । जसमा आफ्नो आमा–बुवाले बच्चालाई चुम्बनलाई उल्लेख गरिएको छैन । आदिम समुदायमा चुम्बनको प्रचलन नभएको अनुसन्धानकर्ताले बताएका छन् । त्यतिबेला चुम्बनलाई अप्राकृतिक रुपमा हेर्ने गरिन्थ्यो । यी समुदायहरुलाई आधुनिक मानवको निकटम पूर्वजको रुपमा हेर्ने गरिन्छ । यस दृष्टिकोणबाट हेर्ने हो भने चुम्बनको प्रचलन हाम्रो पुर्खाहरु नरहेको देखिन्छ । यस अध्ययन दलको प्रमुख तथा लस भेगास यूनिवर्सिटीका प्रोफेसर विलियम जानकोवायकका अनुसार यो सबै स्वभाव मानवीय क्रियाकलापमा हुँदैन । प्रोफेसर जानकोवायकका अनुसार चुम्बनको संस्कृति विकास पश्चिमी समुदायबाट भएको हो । जुन अहिले एक पुस्ताबाट अर्काे पुस्ताहरुमा हस्तान्तरण हुँदै गएको छ । चुम्बनको प्रचलन केही समय यताबाट मात्र सुरु भएको ब्रिटेन युनिभर्सिटी अफ अक्सफोर्डको प्रोफेसर राफेल वलोडारस्की भनाइ छ । चुम्बन जस्तो कार्यको सबैभन्दा पुरानो उदाहरण हिन्दूका वैदिक संस्कृतिमा भेटिन्छ जुन् करिब ३५०० साल पुरानो छ । उतिबेला मिस्रको प्राचीन संस्कृतिमा चुम्बनको ठाउँमा मानिसहरु एक अर्कालाई अकंमाल गरेर नजिक आउने गर्थे । तर, अहिले चुम्बन प्राकृतिक रुपमा रहेको हो कि आधुनिक मानिसले खोजी गरेको भने एउटा सवाल बाँकी नै छ । मानिस समुदायको सबैभन्दा नजिक सम्बन्ध वन मानिससँग रहेको मानिन्छ । जर्जिया, एटलान्टा स्थित एमरी युनिभर्सिटीको जीव विज्ञान फ्रान्स डि वालको अनुसार वनमानिस एक अर्कासँग झगडा खेलपछि एक अर्कालाई चुम्बन तथा अकंमाल गर्थे । यो चलन स्त्री वन मानिसमा धेरै देखिन्छ । तर। उनीहरुले चुम्बनलाई रोमान्सको दृष्टिकोणबाट कदापि हेर्दैनन् । २०१३ मा वलोडारस्कीले चुम्बन प्रवृत्तिमा अध्ययन सुरु गरेका थिए । उनले कैयौँ मानिससँग सोधपुछ पनि गरे । उनको प्रश्न हुन्थ्यो, चुम्बनको समयमा उनीहरुका लागि सबैभन्दा खास कुरा के हो ? त्यस अनुसन्धानबाट थाहा भएको कि शरीरको सुगन्धले मानिस एक अर्कामा आकर्षित हुने गर्छ । वलोडारस्की भन्छन्, ‘हामीमा स्तनधारि प्राणीमा हुने गुण छ र यो समयसँगै हामीले केही पत्ता लगाएका छौँ । ’ यस नजरबाट हेर्ने हो भने चुम्बन गर्ने प्रचलन नयाँ संस्कृतिबाट स्वीकृति भएको हो । चुम्बनले मानिसलाई एक अर्काको नजिक बनाउने काम गर्दछ । वलोडारस्कीको अनुसार यसको सुरुवात कँहा बाट र कसरी भयो पत्ता लगाउन निकै गाह्रो छ । –बिबिसी

Abut Kiss Kiss Why kiss

विशेष