मनोरञ्जन

स्तन क्यान्सर पछि स्तनमा हानियाे ट्याटो (फाेटाे फिचर सहित)

स्तन क्यान्सर पछि स्तनमा हानियाे ट्याटो (फाेटाे फिचर सहित)

भदौ - १४ । सिड्नीमा बस्दै आएकी एलिसन हैब्बल जब ३६ वर्षकी भईन उनलाई क्यान्सर लाग्यो । एलिसनलाई शारिरिक बनावट बिग्रने कुराले खुबै तनाव सिर्जना हुन थाल्यो । किमोथेरापी पछि कपाल झर्छ र सर्जरी पछि निप्पल पनि काटिएर दाग बस्छ भन्ने कुरा उनलाई राम्ररी थाहा थियो । वास्ताविकता त्यही भएरै छाड्यो ।  जब सर्जरी पछि उनको निप्पल काटियो त्यसलाई ‘प्लास्टिक सर्जरी’ गरेर नक्कली निप्पल हाल्न उनलाई धेरैले सल्लाह सुझाव दिए । तर उनले मानिनन् । धेरै समयको सोच पछि उनल स्तनमा ट्याटो हान्ने निर्णय गरिन् ।

जब उनी अपरेसन पछि बिमारी अवस्थामा विस्तारामै थिइन् । उनी घरमै बसेर सामाजि सञ्जाल मार्फत धेरै समयको खोज पछि उनले एक मैक्कल रोज नामक न्यूजल्याण्डकी ‘ट्याटो आर्टिस्ट’लाई भेट्याइन् । करिब १३ घण्टाको मेहनत पछि मैक्कलले उनको स्तनमा निकै आकर्षक ट्याटो बनाइदिइन् ।

एलिसन ट्याटो देखेर निकै खुशी भइन् । सामाजिक सञ्जाल इन्स्टाग्राम र फेसबुकमा उनले ट्याटोको फोेटो सेयर गरेपछि अहिले उक्त फोटो भाइरल बनेको छ । अहिलेसम्म करिब २३००० भन्दा बढिले उनको फोटोलाई मनपराएका छन् । फोटोमा प्रतिक्रिया पनि राम्रै आइरहेको छ ।

brest Cancer nipple tato

विशेष