मनोरञ्जन

सलमान र कट्रिना पुनः एकसाथ

सलमान र कट्रिना पुनः एकसाथ
भदौ – १४ । सलमान खान र कट्रिना कैफको प्रेम प्रसंगले बलिउडमा राम्रै चर्चा बटुल्यो । फिल्म एक था टाईगरबाट त उनीहरु हट जोडी बने ।उक्त फिल्म पछि दर्शकले यो जोडीलाई एकसाथ देख्न पाएका छैनन् । अहिले भने सलमान कट्रिना सँगै काम गर्न लागेको चर्चाले वलिउड तातेको छ । katrina-salman भारतीय मिडियाको अनुसार सुल्तान निर्देशक अलि अब्बास जफरको नयाँ प्रोजेक्ट ’टाईगर जिन्दा है’मा सलमान र कट्रिनालाई एकसाथ ल्याउने तयारी छ । यो बिषयमा मिडिया कर्मीले सोधेको प्रश्नमा कट्रिनाले जवाफ फर्काउँदै निर्माताले अहिलेसम्म अफिसियल घोषणा नगरेको भन्दै आफुले यो विषयमा अहिलेसम्म कुनै खबर नपाएको समेत दाबी गरेकी छिन् । कट्रिनाले निर्माताले प्रस्ताव गरेको खण्डमा आफुले फिल्म अफिसियल घोषणाको लागी पनि निर्मातालाई दबाब दिने बोलेकी छिन् । कट्रिनाको यो दाबीले सलमान र कट्रिनालाई पुनः पर्दामा सँगै देख्न पाईने सम्भावना प्रवल देखिएको छ ।

bollywood Katrina Kai Katrina Kaif-Salman Khan salman khan

विशेष