खेल

किन पुगिन् गौरीका माइती नेपाल ?

किन पुगिन् गौरीका माइती नेपाल ?
भदौ – १३ । हालै ब्राजिलमा सम्पन्न रियो ओलम्पीक्समा आफ्नो हिटमा पहिलो भएर नयाँ इतिहास बनाएकी खेलाडि हुन् गौरीका सिंह । यो वर्षको ओलम्पिक्समा सबैभन्दा कान्छी खेलाडि भएर गौरीकाले बिश्वभर चर्चा बटुलिन् । गौरीकाले सोमबार माइती नेपालको भ्रमण गरेकी थिइन् । gaurika in maitinepal 2 माइती नेपालको टेरेसा विद्यालयले गौरीकालाई गीत संगीतको प्रस्तुति देखाउँदै भव्य स्वागत गरेको थियो । टेरेसाका विद्यर्थीहरुले गौरीकासगँ अन्तरक्रिया गर्नुको साथै उनलाई नृत्य पनि गराएका थिए । गौरीकालाई अनुराधा कोइरालाले निमन्त्रीत गरेका कारण उनी त्यहाँ पुगेकी थिइन् । सामाजिक सञ्जाल फेसबुकमार्फत गौरीकाले त्यहाँ गएर आफू निकै खुशी भएको व्यक्त गरेकी छिन् । Gaurika in maitinepal 1 लण्डनमा बस्दै आएपनि ब्राजिलमा सम्पन्न रियो ओलम्मिक्समा नेपालको प्रतिनिधित्व गर्दै गौरीकाले सारा नेपालीलाई खुशी बनाएकी छिन् । Gaurika in maitinepal

gaurika singh gurika singh in maitinepal Maitinepal Summing player gaurika shing

विशेष