समाज

अनाथ दुई बालबालिकाको लागि सामाजिक सञ्जालमार्फत सहयोग

अनाथ दुई बालबालिकाको लागि सामाजिक सञ्जालमार्फत सहयोग
भदौ – १४ । अमेरिकामा श्रीमतीको गोलि हानि हत्या भएकाे झण्डै वर्ष दिन पछि श्रीमाानले हात्महत्या गरेपछि अनाथ बनेका दुई सन्तानको सहयोगका लागि सामाजिक सञ्जाल मार्फत १८,५४९ अमेरिकी डलर संकलन भएको छ । arofone chiled जुन १०, २०१५ मा ७४०० मुख्य सडक, द कलोनी, टियक्सेमा एक सशस्त्र डाकूद्वारा समिरा सिवाकोटी हत्या भएको थियो । उनले आफ्नो पति र दुई सुन्दर, तीन वर्ष र १८ महिनाका बालबालिकालाई छोडेर गइन् । र पत्नीको मृत्युले पिरोलिएर न्याय खोज्न भौतारिएका एक असल पति, पिता र समाजका उदाहरण रहेका नवराज सिवाकोटीले पनि ती बालबालिकालाई टुहुरो बनाएर आफ्नो अन्तिम सास अगष्ट ८, २०१६का दिन प्लानो मेडिकल सेन्टरमा फेरे । तिनै बालबालिकाको सुनिश्चित भविष्यको लागि उक्त कोष संकलन पश्चात विष्णु सिवाकोटीलाई हस्तानतरण गरिने बताइएको छ । अहिले यी दुई सुन्दर बालबालिकाले मामा र हजुरबा हजुरआमाको रोम्रो हेरचाह पाएका छन् । दुई छोराछोरी हुर्काउन र तिनीहरुको लागि उक उज्जवल् भविष्य प्रदान गर्न दैनिक लागत निकै चुनौतिपूर्ण हुनेछ । त्यसैले उक्त कोष तिनै बालबालिकाको आवश्यकता र शैक्षिक उद्देश्यका हेरचाहका लागि प्रयोग गरिने छ ।

Nabaraj Siwakoti Samira Siwakoti

विशेष