खेल

भलिबल कार्यसमिति सदस्य रमा भण्डारीको निधन

भलिबल कार्यसमिति सदस्य रमा भण्डारीको निधन
Rama-Bhandari-1भदौ – १४ । भलिबका पूर्व खेलाडी एवं बाँके जिल्ला भलिबल संघकी कार्यसमिति सदस्य रमा भण्डारीको सोमवार राति निधन भएको छ । भारतीय शहर लखनउस्थित सामरा अस्पतालमा उपचारका क्रममा सोमवार राति करिब १० बजे उनको निधन भएको हो । दिवंगत रमाको शव मंगलवार बिहानै कोहलपुर ल्याइएको थियो । निरन्तर ज्वरो आएपछि कोहलपुर शिक्षण अस्पताल भर्ना गरिएकी ३५ बर्षीया रमालाई यहाँबाट एक साता अघि सामरा अस्पताल रिफर गरिएको पारिवारका एक सदस्यले बताए । उनलाई मेनेन्जाइटिसको लक्षण देखिएको रमाकै उपचारका लागि लखनउ पुगेका कोहलपुरका पत्रकार श्रीधर पौडेलले जानकारी दिए । दिवंगत खेलाडी रमाको मंगलवार बिहान सिक्टा सिंचाइनजिक अगैयाघाटमा अन्तिम संस्कार गरियो । रमाको निधनमा नेपाल ओलम्पिक कमिटीका उपमहासचिव राजिव श्रेष्ठ लगायत भलिबल तथा अन्य खेलका दर्जनौं राष्टिय तथा अन्तराष्टिय खेलाडी एवं प्रशिक्षकहरुले शोक व्यक्त गर्दै दिवंगत आत्माको शान्तिको कामना गरेका छन् ।

Rama Bhandari

विशेष