खेल

जब सुरक्षाकर्मीले क्रिकेट लेजेन्डलाई चिनेनन्

जब सुरक्षाकर्मीले क्रिकेट लेजेन्डलाई चिनेनन्
Sunil-Gavaskar-भदौ–१४ । भारतीय क्रिकेटका लेजेन्ड सुनिल गाभस्करलाई अमेरिकाका सुरक्षाकर्मीले नचिन्दा खेल अवधिभर रंगशाला बाहिरै बस्नु पर्यो । भारत र वेष्ट इन्डिजविरूद्धको टि–२० शृंखलाअन्तर्गत आइतबार पानीले प्रभावित खेलमा उनलाई सुरक्षाका कारण सुरक्षाकर्मीले भित्र प्रवेश गर्न दिएनन् । फ्लोरिडाको लान्डरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्षेत्रीय पार्कमा सम्पन्न खेलमा गाभस्करले कमेन्ट्री गर्नुपर्ने थियो । गाभस्कर रंगशालामा प्रवेश गर्न नपाएपछि बाहिरै भारतीय प्रशंसकसँग फोटो खिचाएर बसे । केही समर्थकले अमेरिकी सुरक्षाकर्मीलाई गाभस्करको विषयमा जानकारी दिएका पनि थिए । तर सुरक्षाकर्मीले आफ्नो काम सुरक्षा दिने भन्दै प्रसंशकको निवेदनलाई अस्वीकार गरेका थिए ।

Cricket Legend of India Sunil Gavaskar

विशेष