खेल

चेस ओलम्पियाडमा १० खेलाडिले सहमागीता जनाउने

चेस ओलम्पियाडमा १० खेलाडिले सहमागीता जनाउने
भदाै - १४ । आगामी सेप्टेम्बर १ देखि १४ तारिखसम्म अजरवैजानको बाकु शहरमा आयोजना हुने ४२ औं चेस ओलम्पियाडमा नेपालको तर्फबाट महिला पुरुष गरी १० जना खेलाडिले सहमागीता जनाउने भएका छन् । Chase यसपटकको बाकु ओलम्पियाडमा खुल्लातर्फ १ सय ८० तथा महिलातर्फ १ सय ४१ देशको सहभागीता सहभागिता रहने छ । पुरुष तर्फ टिम क्याप्टेनमा संघका महासचिव हेराकाजी महर्जन र खेलाडीहरु भुपेन्द्र निरौला, सजिन महर्जन, केशव श्रेष्ठ, क्षितिज भण्डारी र विलमलाल श्रेष्ठ रहेका छन् । महिला टिम तर्फ संघका उपाध्यक्ष माधव प्रसाद प्रधान टिम क्याप्टेन, खेलाडीहरुमा सिन्दिरा जोशी, शान्ता थापा, सुजना लोहनी, मनालिसा खम्बु र अस्मिता अधिकारी रहेका छन् । Chase 1 त्यसै गरी संघका सल्लाहकार सुबोध शेपार्ली, मनिन्द्रलाल कर्णिकार र संघका केन्द्रीय सदस्य उमेश के.सी. इन्टरनेशनल अर्गनाइजर सेमिनारमा भाग लिनेछन भने संघका पूर्व अध्यक्ष राजेशहरि जोशी इथिक कमिसनको बैठकमा भागलिन भदौं १९ गते त्यसतर्फ प्रस्थान गर्नेछन् । हालसम्म नेपालले ओलम्पियाड सहभागीताबाट टिमतर्फ कुनै उपाधि हासिल नगरेता पनि व्यक्तिगततर्फ भने मनिष हमाल तथा बिलमलाल श्रेष्ठ फिडेमास्टर र प्रचण्डमान मालाकारले क्यान्डिडेटमास्टरको उपाधि हात पार्न सफल भएका छन् । बुधबार एक समारोह बीच युवा तथा खेलकुद मन्त्री माननीय दलजीत श्रीपालीले अफिसियल तथा खेलाडीहरुलाई विदाई गरे ।  

Chise

विशेष