खेल

'कामाद कप सिक्स ए'मा लुम्बिनीलाई सफलता

'कामाद कप सिक्स ए'मा लुम्बिनीलाई सफलता
football in netभदौ – १४ । लुम्बिनी कलेजले कामाद कप सिक्स ए साइड पुरुष फुटबल प्रतियोगितामा मंगलबार जित हात पारेको छ । लुम्बिनीले आईडियल ‘ए’ लाई २–१ गोलले पराजित ग-यो । लुम्बिनीका रामकुमार र सन्तोष श्रेष्ठले १–१ गोल गरे । आईडियलका हेमन्त थापा मगरले सान्त्वना गोल गरे । अन्य खेलमा राहुल टिम, एलाइट्स स्पोर्ट्स र वासिकुले जीत हात पारे । राहुल टिमले भेट्रान एफसीलाई ५–० गोलअन्तरले हरायो । विजेतका टीकाराम लिम्बू र अमितले २–२ तथा किशोरले १ गोल गरे । एलाइट्सले आइडियल ‘बी’ लाई टाईब्रेकरमा ५–४ ले पाखा लगायो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । टोखा विरुद्धको खेलमा वासिकु २–१ गोलले विजयी भयो । विजेताका रविजंग शाही र आशिष श्रेष्ठले १–१ गोल गरे । टोखाका दिनेश डंगोलले १ गोल फर्काए ।

football Lumbini College

विशेष