खेल

प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियाेगिता बिहीबारदेखि

प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियाेगिता बिहीबारदेखि
भदाै - १४ । सातौं प्याब्सन मध्य क्षेत्रीय अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंको आयोजनामा हुन लगेकाे हाे । Papshan प्रतियोगतामा १२ ब्वाइज टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने आयोजक समितिले पत्रकार सम्मलेन गरी जानकारी दिएकाे छ । ब्वाइजको समूह ‘ए’ मा काठमाडौं इङलिस स्कुल (केईएस), अल्बर्ट र स्पाङ्गेल तथा समूह ‘बी’ मा हेम्स, साब र चाँदबाग रहेका छन् । स्नो एपेक्स, एसियन र मार्भलस समूह ‘सी’ मा छन् भने एक्सिस, अक्सिडेन्टल र माटियर्स समूह ‘डि’ मा परेका छन् । त्यस्तै १० गल्र्स टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् । सहभागी हुने टिमहरुमा चाँदबाग, स्पाङ्गेल, हेम्स, एसियन, अल्बर्ट, साब, मार्भलस, केईएस, बृहस्पति र मार्टियर्स छन् । छ दिने प्रतियोगिताका खेलहरु मैतिदेवीस्थित मार्भलस स्कुलको कोर्टमा हुनेछन् । ब्वाइजमा डेनेब इन्टरनेसनल स्कुल तथा गल्र्समा केईएस डिफेन्डिङ च्याम्पियन हुन् । प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख ४० हजार रुपैयाँ खर्च हुने कार्यक्रम संयोजक युधिष्ठिर पौड्यालले जानकारी गराए ।

Basketball Basketball in nepal

विशेष