खेल ताजा खबर

एक दिवसीय क्रिकेटमा सर्वाधिक रनको किर्तिमान

एक दिवसीय क्रिकेटमा सर्वाधिक रनको किर्तिमान

Cricket भदौ १५ । इंग्ल्याण्डले एक दिवसीय क्रिकेटमा अहिलेसम्मकै सर्वाधिक रन बनाएर रेकर्ड बनाएको छ । मंगलबार राति ट्रेन्ट ब्रिजमा भएको पाकिस्तानसँगको तेस्रो एक दिवसीय क्रिकेटमा एक सय ६९ रनले जितेको हो । इंग्ल्याण्डले निर्धाति ५० ओभरमा तीन विकेटको क्षतिमा चार सय ४४ रन बनायो । यो एक दिवसीय क्रिकेटमा अहिलेसम्मकै सबै भन्दा धेरै रन हो ।

यसअघि सन् २००६ मा श्रीलंकाले ९ विकेटको क्षतिमा चार सय ४३ रन बनाएको थियो । इंग्ल्याण्डलाई कीर्तिमानी रन बनाउन एलेक्स हेल्सले एक सय ७१ रनको मद्दत गरे । उनी एक दिवसीय क्रिकेटमा धेरै रन बनाउने इंग्ल्याण्डका ब्याट्सम्यान बने । त्यस्तै २२ बलमा अर्धशतक नाएका जोस बटलर सबै भन्दा छिटो अर्धशतक बनाउने पहिलो खेलाडी बने ।

उनले सात चौका र सात छक्काको मद्दतमा नटआउट ९० रन बनाए । चार सय ४५ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४२ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर दुई सय ७५ रन बनायो । पाकिस्तानका शरजित खान र मोहम्मद आमिरले समान ५८ रन बनाए । इंग्ल्याण्डका क्रिकस वोक्सले चार तथा एदिल रसिदले दुई विकेट लिए । पाँच एक दिवसीयको श्रृँखलमा इंग्ल्याण्डले ३–० को अग्रता लिएको छ ।

One Day Cricket

विशेष