धर्मनिरपेक्षताविरुद्ध अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा
भदौ १५ । नेपालको संविधानमा समावेश भएको धर्मनिरपेक्षता हटाउन विश्व हिन्दु महासंघले भारतलगायत मुलुकबाट सन्त, महात्माहरुको भेला नेपालमा गर्ने भएको छ ।
विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियको आयोजनामा आउँदो कात्तिक ४, ५ र ६ गते काठमाडौमा अन्तर्राष्ट्रिय विराट हिन्दु महासम्मेलनको आयोजना हुने भएको हो ।
विश्व हिन्दु सूचना विभागको फेसबुक पेजमा नेपालको संविधानमा संशोधनका लागि दबाब दिन यस्तो सम्मेलनको आयोजना गर्न लागिएको जानकारी दिएको छ । नेपाललाई धर्मनिरपेक्षा घोषणा गरेर विश्वभरकै हिन्दुहरुको भावनामा ठेस पुर्याएको सो सूचनामा उल्लेख गरिएको छ ।