मनोरञ्जन

जुइनोले जुरायो, विनिताले भेट्टाइन जोडी

जुइनोले जुरायो, विनिताले भेट्टाइन जोडी

Binia जेठ १५ । हालै मात्र उपन्यास ‘जुईनो’ बजारमा ल्याएर लेखिका बनेकी नायिका बिनिता बरालले मंगलबार बिहानै फेसबुकमा नयाँ स्टाटस राखिन, ‘इन अ रिलेसनशिप विथ तिलक पौडेल ।’

स्याङ्जा विचारी चौताराका तिलकसँगको सम्बन्धलाई पुष्टि गर्दै बिनिताले भनिन, ‘‘जुईनो’ प्रमोसनका क्रममा ट्वीटरमार्फत् भेट भएको हो । त्यतिबेला अशोक खोज्दै थिएँ, तिलक भेटिए ।’ अमेरिकाको ओहायोमा बस्ने तिलक टोलेडो युनिभर्सिटीबाट पीएचडी गर्दैछन् ।

बिनिता पनि अमेरिकामै एटलान्टामा एमबीए गरिरहेकी छन् । दुई १० घन्टाको सवारी दूरीमा बस्छन् । भेटेको छोटो समयमै दुई बीच मित्रता घनिष्ठ भएपछि सम्बन्धमा रहेको बिनिताले बताईन् । ‘अर्को वर्षको जुलाईमा विवाह गर्ने कुरा भएको छ’ ‘चपली हाइट’ बाट फिल्म अभिनय थालेकी बिनिताले भनिन, ‘अप्रीलसम्ममा म पनि ग्राजुएट भईसक्छु । अनि बिहे गर्नेछौं ।’

बिनितालाई तिलकको रौसे स्वभावले मन जितेको रहेछ । ‘उहाँ एकदमै हसाउनु हुन्छ । म त उहाँका कुरा सुनेर खाली हाँस्छु मात्रै,’ बिनिताले आफ्नो मनको कुरा सुनाइरहँदा तिलकलाई भने लेखिका बनेपछि बिनिता मन परेको रहेछ । ‘मैले पनि उहाँमा अशोक देख्न थालें,’ बिनिताले आफ्नै उपन्यासको केन्द्रिय पात्रसँग तिलकलाई उभ्याउँदै ठट्टा गरिन् । २७ वर्षीय तिलक बिनिताभन्दा मात्र दुई दिनले जेठा छन् ।

Binita Baral

विशेष