ताजा खबर समाज

ग्यांस सिलिन्डर पड्किएर २४ लाखको क्षति

ग्यांस सिलिन्डर पड्किएर २४ लाखको क्षति

 Gas

भदौ १५ । ग्यास सिलिन्डर पड्कीएर सिरहाको लहान नगरपालिका–८ मा मङ्गलबार आगलागी हुँदा रु २४ लाखभन्दा बढीको क्षति भएको छ भने एक बालिका घाइते भएकी छिन् ।

स्थानीय सूर्यनारायण साहुको घरमा खाजा पकाउनेक्रममा अचानक ग्यास पड्किएर भएको आगलागीमा परी उहाँको दुईतले पक्की घर तथा घरभित्र भएको नगद रु पाँच लाख तथा सम्पूर्ण सामानसमेत जलेको प्रहरीले जनाएको छ । सोही आगलागीमा परी उहाँकै घरमा भाडामा बस्दै आएका भिखन साहको अन्नपात तथा सम्पूर्ण सामान तथा सोही ठाउँका तेजनारायण चौधरीको पानी तान्ने पाइप, सुरेश यादवको झ्यालको सिसासमेत फुटेर करिब रु २४ लाख ९५ हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

आगलागीमा परी स्थानीयवासी नरेन्द्रबहादुर साहकी १२ वर्षीया छोरी अन्जलीकुमारी साह घाइते भएको र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी तथा वारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो

Gas Cylender

विशेष