मनोरञ्जन

भंसालीले दिए दिपिकालाई अहिलेसम्मकै उच्च पारिश्रमिक

भंसालीले दिए दिपिकालाई अहिलेसम्मकै उच्च पारिश्रमिक

Dipika भदौ १५ । बलिउडका चर्चित निर्देशक संजयलिला भंसालीको नयाँ प्रोजेक्ट ’पद्माभाँती’ मा दिपिका पदुकोण अनुबन्ध भएकी छिन् । उक्त फिल्मलाई लिएर दिपिकाले ११ करोड पारिश्रमिक लिएको समाचारले वलिउड तताएको छ । फिल्ममा दिपिकाले रणवीरले भन्दा पनि बढि पारिश्रामिक पाएको भारतीय मिडियाले जनाएको छ ।

पछिल्लो समय वलिउडसँगै हलिउड फिल्ममा व्यस्त दिपिकाको केहि दिन पहिले मात्रै संसारकै धनि हिरोईनको उत्कृष्ट १० नम्बरमा नाम सार्वजनिक भएको थियो । दिपिकाले ११ करोड लिनु भनेको वलिउडमा कुनै पनि हिरोईनले लिएको पारिश्रमिक भन्दा उच्च हो । अर्का नायक रणवीरले भने ८÷९ करोड लिएको भारतीय मिडियाको दाबी छ ।

दिपिकाका लभर रणविर सिंह ’पद्माभाँती’ मा हुनेछन् । तर यी दुइ जोडिलाई स्क्रिनमा रियल जोडिको रुपमा भने सँगै देखिन नपाइने चर्चा छ । फिल्ममा दिपिकाका पतिको रोलको लागि साहिद कपूर अनुबन्ध भएका छन् । यसअघि भने दिपिकाले भंसालीको ’बाजिराव मस्तानी’मा काम गरेकी थिईन् ।

dipika padukod

विशेष