समाज

यस वर्षको विपी कोइराला साहित्य सम्मान लेखिका भुवन ढुंगानालाई प्रदान गरिने

यस वर्षको विपी कोइराला साहित्य सम्मान लेखिका भुवन ढुंगानालाई प्रदान गरिने

BP भदौ १५ । विपी कोइराला स्मृति ट्रष्टले प्रदान गर्दै आएको विश्वेश्वरप्रसाद कोइराला साहित्य सम्मान तथा पुरस्कार वरिष्ठ लेखिका भुवन ढुङ्गानालाई दिइने भएको छ । ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रष्टका सदस्य बलदेव शर्मा मजगैँया, डा धुव्रचन्द्र गौतम र सुशीलमान शेरचनसहितको निर्णायक समितिले यस वर्षको साहित्यिक सम्मान ढुङ्गानालाई प्रदान गर्ने निर्णय गरेको ट्रष्टका महासचिव रामचन्द्र पोखरेलले जानकारी दिए ।

यसैगरी यस वर्षको प्रजातन्त्र सेनानी सम्मान प्रजातान्त्रिक सङ्घर्षका अथक योद्धा श्यामलाल श्रेष्ठलाई प्रदान गर्ने निर्णय पनि गरेको छ । जसमा साहित्य सम्मान तथा पुरस्कारको राशि रु एक लाख एक हजार रहेको छ भने सेनानी सम्मानको रकम रु २५ हजार रहेको छ । पुरस्कार तथा सम्मान आगामी भदौ २२ गते विपी कोइरालाको १०२ औँ स्थापना दिवशका अवसरमा शङ्कर होटलमा प्रदान गरिने महासचिव पोखरेलले बताए ।

जननायक विपी कोइरालाको शतवार्षिकीबाट प्रदान गर्देआएको सम्मानमध्ये २०७१ को साहित्य सम्मान रत्नशम्शेर थापा र २०७२ को गोपाल पराजुलीलाई प्रदान गरिएको थियो । यस्तै सेनानी सम्मान २०७१ को नुतन थपलिया र २०७२ को तारानाथ कोइरालालाई प्रदान गरिएको ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले जानकारी दिए ।

BP koirala

विशेष