विज्ञापन खेलेको एक दिनको २ करोड
भदौ – १५ । एघार वर्ष सहयात्रा गर्ने भनको पेप्सी कम्पनी अब धोनीसँग नदेखिने भएको छ । उनले एकदिवसयि र टेस्ट क्रिकेटको कप्तानी पद गुमाउन पुगेपछि बिस्तारै विज्ञापन पनि गुमाउन थालेका छन् ।
पेप्सीले धोनीसँगको सम्झौता हालै आएर तोडेको हो । केही समयदेखि राम्रो प्रदर्शन गर्न नसेकेका धोनीको स्थानमा पेप्सीले आफ्नो नयाँ मोडलको रूपमा विराट कोहलीलाई अनुबन्धित गरेको छ ।
धोनीसँग यसअघि १८ विज्ञापन कम्पनी थियो । तर, बिस्तारै विज्ञापन कम्पनीहरू उनीभन्दा नवनियुक्त कप्तान कोहलीतर्फ आकर्षित हुन थालेका छन् ।
विज्ञापन दाताहरूका अनुसार धोनीले विज्ञापन खेलेको एकदिनको १ करोड ५० हजार रुपियाँ लिन्छन भने कोहलीले २ करोड लिने गरेका छन् ।
sports
virat kohali