भारतमा एकै परिवारका ६ नेपालीको मृत्यु
भदौ – १५ । भारतको सिमलामा आएको बाढीको कारण एकै नेपाली परिवारका ६ जनाले ज्यान गुमाएका छन् । भारतमा एक हप्ता अगाडि आएको बाढीमा उनीहरुको मृत्यु भएको हो ।
ज्यान गुमाउनेमा रोल्पाको पश्चिम क्षेत्रमा पर्ने तालाबाङ–४ रिजाबाङका लक्षीराम पुनमगर, उनकी श्रीमती देउकली पुनमगर, ११ वर्षका छोरा परसु पुनमगर, ६ वर्षका छोरा सुरज पुनमगर, सात वर्षकी छोरी सुनिता पुनमगर र चार वर्षका छोरा कर्णबहादुर पुनमगर रहेको बताइएको छ । तर जिल्ला प्रहरी कार्यलय रोल्पाले यसबारे केही जानकारी नआएको बताएको छ ।
सो परिवार भारतको हिमाञ्चल प्रदेशको सिमला नजिकै १५ वर्ष पहिलेदेखि आलुखेती गर्दै आएको छिमेकी वीरबहादुर घर्तीले जानकारी दिनुभयो । यता जिल्ला प्रहरी कार्यालय रोल्पाले यसबारेमा आफूहरुलाई केही जानकारी नआएको बताएको छ ।
आर्थिक अभावका कारण धेरै रोल्पाली भारतको हिमाञ्चलमा जीविपार्जनका लागि जाने गर्दछन् । - रासस
badima 6 mare
India