स्वास्थ्य

विभिन्न अङ्गको दुखाई र त्यसको समाधान

विभिन्न अङ्गको दुखाई र त्यसको समाधान
chronic-joint-pain मानिसको शरीर विभिन्न अङ्गहरुले बनेका हुन्छन् । हरेक अङ्गको आफ्नै काम र विशेषता हुन्छ । तर कहिले काहिँ यी अङ्गहरुमा बाहिरी वा भित्री कारणले पीडा र दुखाई भोग्नु पर्छ । जहिले पनि बिरामीको कारण भित्री बिरामी नै हुन्छ भन्ने छैन । कहिलेकाहिँ हाम्रै बेहोसी बानी र व्यवहारकै कारण पनि विभिन्न अङ्गमा दुख्ने वा सुन्निने हुन सक्छ। यस्तै स–साना कुराले गर्दा हामीले पत्तो नै नपाई दुख्ने अनि पीडा हुने गर्दछ र यसैलाई ठूलै समस्या भन्ठानेर मानिसहरू अस्पताल जाने र अनावश्यक खर्च गर्ने गर्छन् । यसमा केही सामान्य कारणहरुपनि छन् जसको कारण तपाईँका विभिन्न अङ्गमा दुखाई हुने गर्दछ । १. पाइतला, कुर्कुच्चा र घुँडाको दुखाई तपाईँले लगाउने चप्पल अथवा जुत्ताको कारण पाइतला, कुर्कुच्चा र घुँडाको दुखाई भएको हुन सक्छ । कुनै चप्पल अथवा जुत्ताको सोल गिलो फोमबाट बनेको छ भने पाइतलालाई राम्रोसँग सपोर्ट गर्ने आधार नमिल्न सक्छ, जसको कारण घुँडामा बढी दवाव पर्न जान्छ । हिलवाला जुत्ता लगाउने बानी नभएका महिलाहरूले हिल जुत्ता लगाउन सुरु गर्दा पनि यस्तो दुखाईबाट गुज्रिनुपर्ने हुन्छ । त्यसैले जुत्ता–चप्पल छान्दा आफूलाई सहज र आरामदायी हुने खालको छान्नुपर्दछ । २. हातका औँलाको जोर्नीहरूको दुखाई धेरै औँला पड्काउने बानी हुने व्यक्तिहरूलाई औँलाका जोर्नीहरू दुख्ने समस्याले सताउन सक्दछ । दिनैभरी कम्प्यूटरमा टाइप गरिरहने र जतिबेला पनि मोबाइलमा च्याट गरिरहने व्यक्तिलाई पनि यस्तो दुखाईले सताउन सक्छ । यदि औँलाका जोर्नीहरू दुख्न थालेको छ भने एकछिन औँलालाई आराम दिएर राति सुत्नेबेला मनतातो नुनपानीमा डुबाएर मालीस गर्नुपर्छ । ३. पिठ्यूँ र कम्मरको दुखाई अधिकांश पुरुषहरूले आफ्नो जिन्स पेण्टको पछाडि खल्तीमा पर्स राख्ने गर्छन् । कसिलो जिन्समा पर्स राखेर उठ्ने–बस्ने गर्दा पिठ्यूँमा अनावश्यक दुखाई उत्पन्न हुन सक्दछ । त्यसका साथै महिलाहरूले धेरै कसिलो जिन्स पेण्ट लगाउँदा पनि उनीहरूको कम्मर र पिठ्यूँमा दुख्ने हुन सक्छ । यदि त्यस्तो बानी छ भने लामो समयसम्म बस्ने बेलामा खल्तीबाट पर्स झिक्ने गर्नुपर्दछ । अथवा धेरै टाइट जिन्स नलगाउँदा पनि यस्तो समस्याबाट बच्न सकिन्छ । ४. काँध र गर्धनको दुखाई दिनभर अफिसको कुर्सीमा बसेर काम गर्र्ने व्यक्तिहरूलाई काँध र गर्धन दुख्ने समस्याले सताउने गर्दछ । त्यसका साथै सवारी चालकहरूलाई पनि यो समस्याले ग्रस्त बनाएको हुन सक्छ । यसको मूख्य कारण भनेकै बस्ने स्थिती हो । कुर्सी वा चालकको सिटमा बस्दा अधिकांशले ढाडलाई कुप्र्याएर बस्ने गर्दछन्, जसले गर्दा मेरुदण्डको मांशपेसीमा अनावश्यक दवाव पर्न गई त्यससँग जोडिएका काँध र गर्धनमा दुख्न थाल्दछ । निहुरिएर बस्दा आनन्द हुन्छ, तर यस्तो बानीले मस्तिष्कमा समेत असर पुग्न सक्दछ । यसरी लामो समयसम्म कुर्सीमा बस्दा ढाडलाई सीधा तन्काएर पछाडि आड लगाएर बस्नुपर्दछ । ५. बोक्सीको टोकाई अझै पनि कतिपयमा राति सुतेर विहान उठ्दा शरीरको कुनै भागमा देखिने दाँत अथवा अन्य कुनै आकारको डामलाई ‘बोक्सीले टोकेको’ भन्ने अन्धविश्वास छ । वास्तवमा त्यो डाम राति सुत्दा कुनै साह्रो (ठोस) वस्तुको दवावले पर्न गएको डाम हो । घडी लगाएर सुत्ने बानी छ भने त्यस्ता व्यक्तिलाई अधिकांश यो डाम भएको हुन्छ । गह्रौँ खालको सिरक ओढेर सुत्दा, जिन्स पेण्ट अथवा अन्य कसिलो लुगा लगाएर सुत्दा पनि यस्तो असर देखिन्छ । फेरि यसरी ‘बोक्सीले टोकेको’ दुखाई चाँडै निको हुने गर्दैन, किनभने राति लामो समयसम्म ठोस वस्तुको दवावले रक्तनशा र तन्तूहरूलाई निष्क्रिय बनाइदिएको हुन्छ । यदि यस्तो समस्याबाट गुज्रिरहनुभएको छ भने एकपटक आफ्नो सुत्ने स्थिती र बानीलाई परिवर्तन गरेर हेर्नुहोस् । राति सुत्दा हलुका र खुकुलो लुगा लगाएर सुत्नुहोस् । अझै कुनै पनि लुगा नलगाई सुत्दा हाम्रो मनस्थिती र निन्द्राको गुणस्तरमा सुधार आएको महशुस गर्न सक्नुहुन्छ । त्यसै गरी चस्मा, घडी, पेटी र घाँटीको माला लगाएर सुत्ने बानी छ भने पनि त्यसलाई हटाउँदा ‘बोक्सीले टोक्ने’ समस्याबाट छुट्कारा पाउन सक्नुहुन्छ ।

Body Body Pain

विशेष