खेल

विश्वकपपछि रुनीले फुटबलबाट सन्यास लिने

विश्वकपपछि रुनीले फुटबलबाट सन्यास लिने
Wayne-Rooney-657483भदौ–१५ । आउँदो विश्वकपपछि अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिन सक्ने इंग्ल्याण्डका कप्तान वायने रुनीले बताएका छन् । रुनीले सन् २०१८ को रुस विश्व कप आफ्नो अन्तिम प्रतिस्पर्धा हुन सक्ने बताएका छन् । सर्वजनिक कार्यक्रममा बोलेका कप्तान रुनीले राष्ट्रिय फुटबलबाट सन्यास लिने मनसाय बनाएका हुन् । नयाँ प्रशिक्षक एलेडाइसले रुनीलाई कप्तानको रुपमा निरन्तरता दिएका हुन् । रुनीले भने ‘रुस विश्व कपपछि अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने राम्रो बेला हो जस्तो लाग्छ ।’ उनले युरोकप २०१६ मा इंग्ल्याण्डको टिमको नेतृत्व गरेका थिए । इंग्ल्याण्ड अन्तिम १६ बाटै बाहिरिएपछि प्रशिक्षक रोय हडसनले राजीनामा दिएका थिए । इंग्ल्याण्डले विश्व कप छनौटको पहिलो खेलमा आउँदो आइतबार स्लोभाकियासँग खेल्नेछ ।

football Wayne Rooney

विशेष