देश

चिया व्यवसायी संघ र उद्योगीकाे विवाद मिलाउन छानबिन समिति झापा पुग्याे

चिया व्यवसायी संघ र उद्योगीकाे विवाद मिलाउन छानबिन समिति झापा पुग्याे
भदाै - १५ । साना किसान झापाली चिया व्यवसायी संघ र चिया उद्योगीबीच झापामा लामो समयदेखि देखिएको समस्या समाधानका लागि सरकारी टोलीले झापा पुगेर काम थालेकाे छ । jhapa कृषि मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट गठित छानविन एवम् समस्या समाधान समितिले झापाकाे स्थलगत अध्ययन र परामर्श लिन थालेको हाे । कृषि मन्त्रालयका उपसचिव लालकुमार श्रेष्ठको संयोजकत्वमा रहेको ५ सदस्यीय समिति बुधबार झापामा पुगेकाे छ । बिर्तमाेर्डमा राजनीतिक दलहरुलाई समितिले गर्ने कामको बारेमा उपसचिव  जानकारी गराए । साथै उनले समस्या समाधानका लागि सुझाव पनि संकलन गरेका थिए। नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, नेकपा एमालेका अध्यक्ष चिन्तन पाठक, सचिव मदन अधिकारी, एकीकृत माओवादी केन्द्रकी केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने सरु, स्थानीय शान्ति समितिका संयोजक एवम् सद्भावना पार्टीका अध्यक्ष सूर्यनारायण गणेशले चिया क्षेत्रको समस्या समाधानका लागि ठोस नीति निर्माण गरी दीर्घकालीन समाधानमा लाग्नुपर्ने सुझाव दिए । दलका नेताहरुले किसानको स्वामित्व रहेको सहकारीमार्फत सञ्चालन हुने चिया कारखाना तत्काल सञ्चालनमा ल्याउन सरकारले घोषणा गरेको अनुदान निकासा गर्नुपर्ने र चियालाई अक्सन बजारमा लैजानुपर्ने सुझाव दिएका छन् । उनीहरुले उक्त सरकारी टोलीलाई किसान र मजदुरको साथै समग्र चिया क्षेत्रको समस्या सुल्झाउनका लागि पहल थाल्न आग्रह गरेका छन् ।

Chanbin Samiti Jhapa Jhapa Tea Nepal Tea nepali tea

विशेष