खेल

एकै परिवारका सदस्यको क्रिकेट टिम

एकै परिवारका सदस्यको क्रिकेट टिम
family क्रिकेट टिममा कुनै खेल खेल्न ११ जनाको सदस्य तयार पारिएका हुन्छन् । ती खेलाडीहरुलाई विभिन्न ठाउँबाट र क्षमता अनुसार ल्याएर एक टोलीको निर्माण गरिएको हुन्छ । तर कहिले सोच्नु भएको छ क्रिकेट टिम सदस्यमा सबै एकै परिवारका रहन्छन् । दक्षिण इङ्ल्याण्डस्थित पूर्वी ससेक्स काउण्टी भन्ने ठाउँमा भने यही अचम्मित तथ्य छ । त्यहाँका एकै परिवारका सदस्य क्रिकेट टिममा आबद्ध छन् । एक परिवारले क्रिकेटमा इतिहास रच्दै एकै परिवारबाट एउटा क्रिकेट टिम बनाएका छन् । किलिङ परिवारले सेडल्सकोम्ब विरूद्धको वार्षिक खेलको लागि सो टिम बनाएका हुन् । टिममा ४ दाजुभाइ र ७ छोराहरू छन् । किलिङ टिमका कप्तान पल किलिङले आफ्नो टोली सन्तुलित रहेको बताँउछन् । विगतका वर्षहरूमा पनि सो टिममा किलिङ् परिवारका मात्र १० सदस्य थिए । टिमका कप्तान पावल किलिङ संचार माध्यम सँग कुरा गर्दै आफ्नो टिमको दक्षता फराकिलो रहेको बताएका छन् ।

Cricket team England family

विशेष