'हेलाे सरकार'मा परेका गुनासाे सम्बाेधनमा सम्बन्धित निकायकाे असहयाेग
भदाै - १५ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले हेलो सरकारमा परेका गुनासो सम्बोधनका लागि सम्बन्धित मन्त्रालय र मातहतका निकायले असहयोग गरेको गुनासो गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले बुधबार पत्रकार सम्मेलन गरी हेलो सरकारमा परेका गुनासो सम्बोधनका लागि पहल गर्दा विभिन्न मन्त्रालय र मातहतका कार्यालयका कर्मचारीले अभद्र व्यवहार गर्ने गरेको गुनासो गरेको हो । कार्यालयका सचिव चन्द्रकुमार घिमिरेले गुनासो सम्बोधनका लागि हेलो सरकारमा कार्यरत कर्मचारीले ताकेता गर्दा विभिन्न मन्त्रालय र मातहतका कार्यालयका कर्मचारीले जानकारी दिन आनाकानी गर्ने र कति गुनासोको पछि लागेको भनी ठाडो जवाफ दिने गरेको बताए।
२०६८ सालको कात्तिक १७ गतेबाट संचालनमा आएको हेलो सरकारमा गत असार मसान्त्सम्म ४७ हजार १९ वटा गुनासा परेकामा ३ हजार ३ सय ७४ वटा गुनासा फछर्योट हुन बाँकि छन् । हेलो सरकारले सरकारी काम कारवाहीमा हुने ढिलासुस्ती र आमजनताले भोग्नुपरेका समस्या सुन्नका लागि गत वर्षदेखि सामाजिक संजाल फेसबुक र ट्वीटरमार्फत पनि गुनासा संकलन गर्न थालेको सचिव घिमिरेले जानकारी दिए ।
हेलो सरकारका अनुसार टेलिफोनपछि ट्वीटरबाट सबैभन्दा धेरै गुनासा आएका छन् । गत वर्षको पुस २७ गतेयता ट्वीटरबाट २ हजार ३ सय २५ वटा गुनासा आएको हेलो सरकारले जनाएको छ । हेलो सरकारमा गत आर्थिक वर्ष ९ हजार ७ सय ४४ वटा गुनासा परेकामा ती मध्ये सबैभन्दा धेरै उजुरी शिक्षा मन्त्रालयसँग सम्बन्धित छन्
Hello Sarkar