समाज

एसएलसीकाे स्तरवृद्धि(पूरक)को नतिजा सार्वजनिक

एसएलसीकाे स्तरवृद्धि(पूरक)को नतिजा सार्वजनिक
भदौ - १५ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले बुधबार प्रवेशिका (एसएलसी) पूरक अर्थात् स्तरवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । slc-board-edukhabar कार्यालयमा बसेको बोर्ड बैठकको निर्णयानुसार नतिजा सार्वजनिक गर्दै परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले ६७ हजार ३३ जना परीक्षार्थीको स्तरवृद्धि भएको जानकारी दिनुभयो । ४० जनाको नतिजा भने स्थगित गरिएको छ । परीक्षामा ३१ हजार ३६५ जना छात्र र ३५ हजार ७०८ जना छात्रा गरी ६७ हजार ७३ जना परीक्षार्थी सहभागी भएका थिए । एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डि’ र ‘ई’ ग्रेड ल्याउने नियमिततर्फ एक लाख आठ हजार ३२६ जना र आंशिकतर्फ ३९ हजार २५७ जना गरी कुल एक लाख ४७ हजार ५८३ जना सहभागी हुनुपर्नेमा कम विद्यार्थी मात्रै सहभागी भएका थिए । कार्यालयले परीक्षा गत साउन १४ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको थियो ।

Bhaktapur SLC exam SLC Supplementary

विशेष