खेल

राखेपको ५३अाैँ वार्षिकोत्सवमा अवसरमा खेलकुद कर्मचारी र पत्रकार सम्मानित

राखेपको ५३अाैँ वार्षिकोत्सवमा अवसरमा खेलकुद कर्मचारी र पत्रकार सम्मानित
भदाै - १५ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५३ औं वार्षिकोत्सवका अवसरमा ६ जना कर्मचारी र ६ जना विभिन्न संचारमाध्यमका खेल पत्रकारलाई बुधबार सम्मान गरेको छ । Rakhepa प्रशासनतर्फ सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कारबाट मोरङ जिल्ला खेलकुद विकास समितिका प्रमुख देवराज कट्वाल, उत्कृष्ट परिषद् सेवा पुरस्कारबाट कर्मचारी प्रशासन शाखाका नायब सुब्बा सुकुमार थापा तथा परिषद् सेवा पुरस्कारबाट आर्थिक प्रशासन शाखाकी लेखा अधिकृत ज्ञानु घिमिरे सम्मानित भए । कट्वालले २५ हजार, थापाले १५ हजार तथा घिमिरेले १० हजार नगदसहित सम्मान पत्र प्राप्त गरे । प्राविधिकको सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कारबाट कञ्चनपुर जिल्ला खेलकुद विकास समितिका भलिबल सहायक प्रशिक्षक जगदीशप्रसाद भट्ट, उत्कृष्ट परिषद् सेवा पुरस्कारबाट बाँके जिल्ला खेलकुद विकास समितिका जुडो प्रशिक्षक दलबहादुर गुरुङ तथा परिषद् सेवा पुरस्कारबाट उदयपुर जिल्ला खेलकुद विकास समितिकी कबड्डी सहायक प्रशिक्षक पार्वती राई पुरस्कृत भए । उनीहरुले पनि प्रशासनतर्फ सरहनै पुरस्कार र सम्मान पत्र पाए । सम्मानित हुने खेल पत्रकारहरुमा अन्नपूर्ण दैनिकका रोशनकुमार सिंह (राउत), नयाँ पत्रिका दैनिकका श्रीलोचन राजोपाध्याय, कान्तिपुर दैनिकका विनोद पाण्डे, द हिमालयन टाइम्सका फोटो पत्रकार उदिप्तसिंह क्षेत्री, नागरिक दैनिकका प्रकाश तिमल्सिना तथा कान्तिपुर टेलिभिजनका प्रदीप लेखी रहेका छन् । युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाली, राखेप सदस्य–सचिव केशकुमार विष्ट, खेलकुद मन्त्रालयका सह–सचिव चूडामणि पौडेललगायतले पुरस्कृत गरे । राखेपले आफ्नो ५३ औं वार्षिकोत्सव का अवसरमा यो वर्ष कर्मचारी÷पत्रकारलाई पुरस्कृत गर्नुका साथै दीपावली, रक्तदानलगायतका तीनदिने कार्यक्रम आयोजना गरी मनाएको थियो । वार्षिकोत्सवकै अवसरमा ७५ जिल्ला तथा ५ विकास क्षेत्रका खेलकुद कार्यालयमा विविध कार्यक्रम भएका थिए ।

National Sport Council-nepal RAKHEPA Rastriya Khelkud Parisad

विशेष