सेप्टेम्बर ७ मा लन्च हुने आइफोन ७ यस्ता छन् फिचर
भदौ–१५ । संसारको सबैभन्दा ठूलो कम्पनी एप्पलले आउँदो सेप्टेम्बर ७ तारिखका दिन आइफोन सेभेन लञ्च गर्ने बताएको छ ।
आइफोन सेभेनसँगै एप्पलको नयाँ वाच पनि लञ्च गरिने अनुमान गरिएको छ । पत्रकारहरुलाई दिएको निम्तोमा उनले ‘ सी यू अन द सेभेन्थ’ क्याप्सन दिएका छन् ।
यो आइफोन अन्य भन्दा निकै पातलो हुने बताइएको छ । यसमा ३.५ एपएको अडियो ज्याक पनि नहुने र प्रयोगकर्ताले वायरलेस हेडफोन लिनुपर्ने छ ।
यसको एन्टिना लाइनको ठाउँमा पनि थोरै परिवर्तन गरिने र अरुभन्दा धेरै वाटर रेसिस्टेन्ट हुने पनि बताइएको छ । यसका साथै यसको -याम ३ जीबीसम्म रहने छ ।
स्रोतका अनुसार यसपटक एप्पले आफ्नो बेस मोडल १६ जीबीलाई परिवर्तन गरेर ३२ जीबी राख्ने छ । अर्थात् यसमा कम्तीमा पनि ३२ जीबीको स्टोरेज हुनेछ । यसका साथै यसलाई १२८ जीबी र २५६ जीबीसम्म बढाउन सकिन्छ ।
यसका साथै आइफोन सेभेनमा ड्युअल लेन्स क्यामरा हुने कुरा निकै पहिलेदेखि गरिएको थियो । केही जानकारीको आधारमा पनि आइफोन सेभेनको एक प्रकारमा सिंगल लेन्स हुने बताइएको छ भने अर्कोमा ड्युअल लेन्स हुने बताइएको छ । ड्युअल लेन्स भएको यो आइफोनको नाम भने आइफोन सेभेन प्लस हुनेछ ।
iphone seven