खेल

समाज र सामाखुशी क्वाटरफाइनलमा प्रबेश

समाज र सामाखुशी क्वाटरफाइनलमा प्रबेश
भदाै - १५ । समाज कल्याण र सामाखुशी फुटसल कामाद कप सिक्स ए साइड पुरुष फुटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । चावहिलमा भएको प्रतियोगितामा समाज कल्याणले गोर्खाजलाई टाईब्रेकरमा ४–३ गोलअन्तरले पराजित ग¥यो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । सामाखुशीले प्रतियोगिताको मुख्य प्रायोजक कामाद कलेज ‘बी’ लाई ३–० ले हरायो । विजेताका श्याम नेपाली, सुरज बानियाँ र दिनेश कार्कीले १–१ गोल गरे । ग्लेसियर कलेजले जेभियर इन्टरनेसनल कलेजलाई २–१ ले पाखा लगाउदै दोश्रो चरणमा पुग्यो । सामाखुशीका आशिष तामाङ र अभिषेक तामाङले १–१ गोल गरे । जेभियरका रोनिश श्रेष्ठले सान्त्वना गोल गरे ।

football

विशेष