खेल

उपत्यकाव्यापी डण्डीबियो प्रतियाेगिताकाे उपाधि गोल्डेनपिकलाई

उपत्यकाव्यापी डण्डीबियो प्रतियाेगिताकाे  उपाधि गोल्डेनपिकलाई
Dandi biyoभदाै - १५ । काभ्रेको गोल्डेनपिक स्कुलले दोश्रो उपत्यकाव्यापी उमावि स्तरीय डण्डीबियो प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हातामा भएको फाइनलमा गोल्डेनपिकले नाजरथ स्कुल, ललितपुरलाई १९४–१५३ ले पराजित ग-यो । गोल्डेनपिकको जितमा विपिन शिवभक्तीले सर्वाधिक ७० अंक योगदान गरे । तेश्रो स्थानका लागि भएको खेलमा सेन्टिनियल उमावि, काठमाडौंले दीपशिखा मावि, काभ्रेलाई १७२–१४० अंकले हरायो । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे । विजेतालाई राखेप सदस्य–सचिव केशवकुमार विष्ट र सदस्य उपेन्द्र पौडेलले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा काठमाडौं, ललिपतुर र भक्तपुरबाट समान ३–३ तथा काभ्रेबाट २ गरी जम्मा ११ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Dandi biyo

विशेष