समाज

डा केसीले दिए पुनः अनशन बस्ने चेतावनी

डा केसीले दिए पुनः अनशन बस्ने चेतावनी
dr-gobinda-kc भदाै - १५ । डा गोविन्द केसीले आफूसँग भएको सहमती नभए नवौँ पटक आमरण अनशन बस्ने चेनावनी दिएका छन् । अव दुई साता सरकारको बाटो हेर्ने, वास्ता नगरे पुनः अनशन बस्ने बताएका हुन । मार्टिन चौतारीले आयोजना गरेको ‘लोकतान्त्रिक समाजको निर्माणमा सत्याग्रहको भूमिका’ विषयक कार्यक्रममा बोल्दै डा अल्टिमेटम दिएर अनशन बस्ने चेनावनी दिएका हुन् । लगातार ६ ७ वर्ष कोशिश गर्दा पनि नभएपछि सत्याग्रहको बाटो रोज्नु परेको उनले बताए । उनले अहिलेसम्मको आन्दोलनबाट प्राप्त उपलब्धिहरु संस्थागत गर्नु पर्नेमा जोड दिए । स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारका साथै सुशासनका लागि नलडे आउँदो पुस्ताले आफूलाई धिक्कार्ने भन्दै डा. केसीले सत्याग्रहमार्फत नितिगत सुधार तथा सुशासन कायम गरेरै छोड्ने बताएका छन् ।

Dr. Gobinda Kc

विशेष