देश

मदिरा बिक्री वितरण निषेधित क्षेत्र घोषणा

मदिरा बिक्री वितरण निषेधित क्षेत्र घोषणा
drinking भदौ - १५। महोत्तरी जिल्लाको भारतसँग जोडिएको गाविस तथा नगरपालिकामा पर्ने १० गजा क्षेत्रदेखि ५०० मिटरसम्मको क्षेत्रलाई मदिरा बिक्री वितरण निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीको आग्रहमा आज जिल्लाका सर्वदलीय संयन्त्र तथा महोत्तरी उद्योग वाणिज्य सङ्घ, बर्दिवास उद्योग वाणिज्य सङ्घ, गौशाला उद्योग वाणिज्य सङ्घ, औरही उद्योग वाणिज्य सङ्घ र रामगोपालपुर उद्योग वाणिज्य सङ्घका प्रतिनिधिले आजदेखि लागू हुने गरी जिल्लाको दशगजा क्षेत्रदेखि ५०० मिटरको क्षेत्रलाई मदिरा बिक्री वितरण निषेधित क्षेत्र घोषणा गरेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए । दशगजा क्षेत्रभित्र मदिरा बिक्री वितरण खुलेआम भइरहँदा जिल्लाको १३ गाविस र एक नगरपालिकाको अधिकांश ठाउँमा शान्ति सुरक्षामा खलल भएको र गाउँमा बस्ने वातावरण नबनेको सबैतिरबाट गुनासो आएपछि स्थानीय प्रशासनले सो निर्णय गरेको प्रजिअ यादवले बताए । जिल्ला प्रशासन कार्यालयले आज पत्रकार सम्मेलन गर्दै त्यस क्षेत्रभित्र सञ्चालनमा रहेका मदिरा पसल आजैको मितिदेखि लागू हुने गरी ३० दिनभित्र हटाउन स्थानीय प्रशासनले सूचना समेत जारी गरेको जानकारी दिएको छ । रासस

don't Drink Madira banda mahottari

विशेष