मनोरञ्जन

अक्षय कुमार जवान देखिनुको रहस्य यस्तो छ

अक्षय कुमार जवान देखिनुको रहस्य यस्तो छ

एजेन्सी । बलिउडमा अक्षय कुमारलाई ‘खेलाडीयोंका खेलाडी’ को रुपमा चिनिन्छ । उनी तेक्वान्दोमा ‘बल्याक बेल्ट’ र ‘मार्सल आर्ट’का विशेषज्ञ भएका कारण पनि उनलाई यो भन्न अनुचित नहोला ।

सबैलाई थाहा नहोला अक्षय बलिउडमा प्रवेश गर्नुभन्दा अघिदेखि नै फिटनेशका लागि अभ्यास गर्ने गर्थे र साथै थाइल्याण्डमा आत्मसुरक्षाका लागि ‘मार्सल आर्ट’ सिकाउने काम पनि गर्थे । अक्षय कुमार बलिउडमा सक्रिय रहे पनि उनको प्रशंसा बलिउड देखि हलिउडसम्म त्यतिकै हुनेगर्दछ । अक्षयलाई ज्या कि चैनले ‘हि इज परफेक्ट’ भन्दै प्रशंसा गरेको पनि सबैलाई थाहा नै होला । उनले खेल्ने अधिकांश फिल्ममा ‘रियल स्टन्ट’ पनि दिने गर्छन् ।

 त्यति मात्र नभई उनी फिटनेशका लागि बलिउड अभिनेताहरु मै एक नम्बरमा गनिन्छन् । फिटनेशमा विशेष ध्यान दिएकाले ने अक्षय हालसम्म पनि ‘लक्काजवान’ देखिन्छन् । उनको फिटनेश टिप्सलाई कैयौँ अभिनेता तथा अभिनेत्रीले पछ्याइरहेका हुन्छन् । उनले स्वास्थ्य विशेषज्ञ डिने पाण्डेको फिटनेश टिप्सलाई आत्मसात गरिरहेको बताए । आखिर कस्ता टिप्स प्रयोग गर्छन त सबैको मुटुमा बस्न सफल भएका अक्षय कुमारले ?

अक्षयले फिटनेशका लागि जीवनमा अनुशासन र फरक–फरक तरीकाको ‘वर्कआउट’ गर्न जरुरी रहेको बताउँछन् । उनी भन्छन्, ‘म ७ बजेसम्म रातीको खाना खाइसक्ने गर्छु, त्यसपछि दुई घण्टा ओछ्यानमा बस्न मन पराउँछु ।’ अक्षय आफ्नो दिनको सुरुवात नै फिटनेशबाट शुरु गर्छन् । उनी नियमित रुपमा विहान ४ बजेर ३० मिनेटमा नै ब्युंझिन्छन् । त्यसपछि उनी ‘मार्सल आर्ट’ र ‘स्वीमिङ’ का लागि १ घण्टा समय निकाल्छन् ।

उनी भन्छन्, ‘योग र ध्यानका लागि पनि १ घण्टा समय अनिवार्य निकाल्नुपर्छ ।’ शारीरिक स्वास्थ्यका लागि मानसिक स्वास्थ्य हुन पनि निकै जरुर रहेको उनको ठम्याई छ । 

Akshay Kumar Fit Akshay Kumar Story of akshay kumar

विशेष